कोरोनाका कारण १२ वर्षमा लाग्ने मकर मेला स्थगित

पढ्न लाग्ने समय : 1 मिनेट

कोरोना भाइरसको तेस्रो लहर तीव्र रूपमा फैलिइरहेका कारण काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका-७ त्रिवेणीघाटमा १२ वर्षमा लाग्ने बृहत मकर मेला स्थगित गरिएको छ ।

पाैष २७ मा बसेको जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीएमसी)को बैठकले माघ महिनाभर चल्ने उक्त मेला नगर्ने निर्णय गरेको हो । डीसीएमसीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उद्धव केसीको अध्यक्षतामा बसेको बैठकले जिल्लाभित्र कुनै पनि सार्वजनिक स्थलमा हुने भेला तथा महोत्सव नगर्नका लागि मेला आयोजक समितिलाई आग्रह गर्ने निर्णय गरेको हो ।

पनाैती, एक थोपा अमृत खसेको धाम

सरकारले कुनै किसिमका मेला तथा महोत्सव नगर्न तथा २५ जनाभन्दा बढी बेला नहुन आग्रह गरेपछि मकर स्नानका लागि पनि भीडभाड नगर्ने र स्नानमा सहभागी हुँदा स्‍वास्थ्य मापदण्डको पूर्ण पालना हुने गरी व्यवस्था मिलाउने निर्णय गरिएको डीसीएमसीले जनाएको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम दिन प्रतिदिन बढ्दै गइरहेको हुँदा नागरिकको स्वास्थ्यलाई ख्याल गरी जिल्लामा पनि सजकता अपनाउन जरुरी रहेकोले महोत्सवका कार्यक्रम स्थगित गरिएको डीसीएमसीले जनाएको छ ।

तस्बिरमा, वि.संं १९९४ सालमा पनाैतीस्थित त्रिवेणीमा मकर स्नान गर्दै श्रद्धालुहरू ।

सन्दर्भ सामाग्री
दीर्घमान चित्रकार

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर