हनुमानढोका क्षेत्रभित्रको मल्लकालीन शिलालेख तोडफोड

पढ्न लाग्ने समय : 1 मिनेट

अज्ञात समूहले हनुमानढोका क्षेत्रभित्र राखिएको मल्लकालीन शिलालेख तोडफोड गरेको छ । बिहीबार कृष्ण मन्दिर बाहिर राखिएको प्रताप मल्लकालीन शिलालेख तोडफोड भएको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए ।

उनका अनुसार सो शिलालेख राजा प्रताप मल्लको समय अर्थात् वि.सं. १७०५ मा राखिएको हो । अभिलेख तोडफोड भएको जानकारी पछि त्यसका सबै टुक्राहरु संकलन गरेर हेरचाह अड्डामा सुरक्षित राखिएको खनालले जानकारी दिए ।

अभिलेख तोडफोडको बारेमा महानगरीय प्रहरी वृत्त हनुमानढोका र पुरातत्व विभागलाई जानकारी गराइ सकिएको हेरचाह अड्डाले जनाएको छ । हेरचाह अड्डाले सो अभिलेखको टुक्रालाई जोडेर पहिलेकै अवस्थामा ल्याउनको लागि विज्ञहरुसँग छलफल गरिरहेको जनाएको अनलाइनखबरमा समाचार छ । 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर