रानीपोखरीको नयाँ प्रवेशद्वार बन्दै

पढ्न लाग्ने समय : 2 मिनेट

रानीपोखरी र सो क्षेत्रमा निर्माण भइरहेका मल्लकालीन फल्चा लगायतका संरचनाको काम अन्तिम चरणमा पुगेको छ । अहिले सो क्षेत्रमा गोलघरसहितको फल्चा, जमलमा रहेको आकाशेपुलसँगै रानीपोखरीको नयाँ प्रवेशद्वार, टिकट काउन्टरलगायतका संरचना निर्माण भइरहेका छन् ।

काठमाडौँ महानगर पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाले रानीपोखरीको आसपास क्षेत्रमा निर्माण भइरहेका संरचनाको काम तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो । रानीपोखरी र गोपालेश्वर मन्दिर सर्वसाधारणका लागि हरेक दिन खोल्न प्रवेशद्वार, टिकट काउन्टर तथा शौचालय निर्माण भइरहेको छ । आवश्यक पूर्वाधार निर्माण भइसकेपछि सर्वसाधारणका लागि रानीपोखरी खुला गरिनेछ । रानीपोखरीको प्रवेशद्वार काठमाडौँको परम्परागत घर र पाटीको शैलीमा निर्माण गरिँदैछ ।

अहिले रानीपोखरी प्रवेशका लागि जमलमा रहेको आकाशे पुलसँगै प्रवेशद्वारका साथै फल्चा निर्माण कार्य भइरहेको छ । यस्तै शान्तिवाटिका क्षेत्रमा गणेशमान सिंहको सालिकसँगै गोलघरसहितका फल्चाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अहिले रानीपोखरी आसपासको निर्माण मल्लकालीन शैलीमा भइरहेको जानकारी थापाले दिनुभयो ।

त्यसैगरी हात्ती चढेको प्रताप मल्लको मूर्तिभन्दा पछाडिपट्टि पनि फल्चाको निर्माण भइरहेको छ । रानीपोखरीको हिस्साकै रूपमा मल्लकालीन फल्चालाई लिने गरिन्छ । फल्चालाई ‘गोलपाटी’को नामले चिनिन्छ ।
तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीको भित्री भाग मात्र काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरेको थियो । पोखरीको आसपास क्षेत्रमा अहिले निर्माण भइरहेका संरचनाको काम सम्पन्न भइसकेपछि रानीपोखरी र गोपालेश्वर मन्दिर सर्वसाधारणका लागि खुला गरिनेछ ।

पुरातत्त्व विभाग, काठमाडौँ महानगरपालिका र स्थानीयबासीको सल्लाहअनुसार नै नयाँ संरचना निर्माण भइरहेका छन् । त्यसैगरी रानीपोखरी उत्तरको जगतनारायण मन्दिरसहितका संरचनाको समेत पुनर्निर्माण गरिँदैछ । यो मन्दिरको पनि पुरानै शैलीमा पुनर्निर्माण हुँदैछ । यो स्थानमा ढुङ्गेधारासमेत बन्ने छ ।
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मप्रसाद मैनालीले रानीपोखरी आसपास क्षेत्रमा नयाँ संरचना निर्माण अहिले तीव्र गतिमा भइरहेको बताउँदै चैतसम्म निर्माण कार्य सम्पन्न हुने जानकारी दिनुभयो ।

-भउचप्रसाद यादव

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर