पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
पुस १ गते, राष्ट्रिय झण्डा दिवस

पढ्न लाग्ने समय : 4 मिनेट

वि.सं. २०१९ पुष एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगिकृत गरिएको थियो । सोही दिनको सम्झनामा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले २०७५ पुष १ गते देखि दिवसको रुपमा मनाउँदै आएको छ ।

विसं २०१९ पूर्व नेपालको झण्डामा एकरूपता थिएन। झण्डाको स्वरूप भने यस्तै थियो। तर, मानिसहरू मनलाग्दी ढङ्गले झन्डा बनाउँथे। सरकारी कार्यालयमै पनि फरक-फरक किसिमका झन्डा फरफराइरहेका हुन्थे। लम्बाइ, चौडाइ र उचाइमा पनि एकरूपता थिएन। त्यतिबेलासम्म यो झण्डालाई संवैधानिक मान्यता थिएन तर व्यवहारमा भने यही झण्डा राष्ट्रिय झण्डाको रूपमा प्रयोग भइरहेको थियो।

वि.सं २०१९ सालमा संविधान मस्यौदा समिति बन्यो। त्यस संविधानको अनुसूचीमा उल्लेख गर्नका लागि यसको लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउन ज्यामितीय सूत्रको प्रयोग गरियो, जसलाई पाइथागोरस त्रिकोण भनिन्छ।

चन्द्रमा मन र बुद्धिको प्रतीक हो भने सूर्य ऊर्जा र पौरखको प्रतिविम्ब हो। मन र बुद्धिको अधीनमा ऊर्जा र पौरख बस्नुपर्छ भन्ने अर्थमा चन्द्रमा माथि र सूर्य तल राखिएको थियो। त्यसैले पनि नेपालको झण्डा अद्वितीय खालको छ। यसले सत्व, रज र तम गुणको मात्र प्रतिनिधित्व गरेको छैन, सबै जातजाति, धर्म र सांस्कृतिक परम्पराको पनि प्रतिनिधित्व गरेको छ।

यसको मानक तयार गर्ने क्रममा यी सबै कुरामा ज्यादै सूक्ष्म ढङ्गले विचार पुर्‍याइएको थियो।



नेपालको राष्ट्रिय झण्डामा दुई चुच्चो र तीन कुना हुनुले नेपाल हिमाल, पहाड र तराई भूमीको देश भएको जनाउने संस्कृतिविद् हरिराम जोशी बताउँछन्। जोशीका अनुसार लिच्छविकालीन अंशुवर्माको मुद्रामा पनि दुई पताकासहितको नेपालको झण्डा अंकित छ। यी मुद्रामा सिंहले झण्डा समातेको देखिन्छ। शक्ति र स्वाभिमानको प्रतीक सिंहले झण्डालाई अभिवादन गरेको आकृति मानदेवकालीन मुद्रामा समेत भेटिएको छ। ‘राजनीतिक व्यवस्था परिवर्तन भए तर प्राचीन नेपालको झण्डालाई प्रत्येक शासन व्यवस्थाले अपनाएको छ,’ जोशी भन्छन् ।

नेपाली झण्डामा चन्द्र माथि र सूर्य तल छ। चन्द्रलाई मन र बुद्धिको प्रतीक मानिन्छ भने सूर्य ऊर्जा र पौरखको प्रतिविम्ब हो। मन र बुद्धिको अधिनमा ऊर्जा र पौरख बस्नुपर्छ भन्ने मान्यता बुद्धिजिविहरुले राख्दै आएका छन्। हरिमाम जोशीको यसमा आफ्नै तर्क छ। चन्द्र शान्तिको प्रतीक हो भने सूर्य अर्थ परिवर्तनको सूचक भएको उनी मान्छन्। जोशी भन्छन्, ‘देशमा शान्ति स्थापनापछि नै सामाजिक, राजनीतिक र आर्थिक समृद्धि आउने भएकाले सूर्य तल्लो कोणमा राखिएको हो।’

चन्द्र सूर्य अंकित झण्डा शाहवंशले सुरु गरेको भन्दै यसलाई परिवर्तन गर्ने प्रयास पटक–पटक भए। विभिन्न अभिलेखहरूका आधारमा त्रिकोणात्मक आकारको नेपालको झण्डा १३ सय वर्ष पुरानो हो। नेपालको झण्डा अन्य देशकोभन्दा पृथक छ। विश्वभर चार कुने झण्डा प्रचलनमा छ। नेपालको झण्डामात्र तीन कुने छ। 

वि सं. २०१९ मा इन्जिनियर शंकरनाथ रिमालले हालको झण्डा नक्साङ्कन गरेका थिए। झण्डाको स्वरुप उही थियो । ०१९ मा संवैधानिक मास्यौदा समिति बनेपछि झण्डाको लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउन ज्यामितिय सूत्रको प्रयोग भयो। जसलाई पाइथागोरस त्रिकोण भनिन्छ। यो ३, ४ र ५ को अनुपात हो। यसलाई अनन्त अनुपात पनि भन्ने गरिएको इन्जिनियर रिमाल बताउँछन्।

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर