पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
बाइरोड निर्माणको ६८ वर्ष, थानकोट चेकपोष्टमा गाडिएको शिलालेखमा के छ ?

पढ्न लाग्ने समय : 3 मिनेट

 

राजधानी काठमाण्डौलाई मोफसल जोड्ने पहिलो राजमार्ग त्रिभूवन राजपथ निर्माण भएको ६८ वर्ष पूरा भएको छ । वि.संं २०१० साल मंसिर २६ गते शुक्रबारका दिन तत्कालीन बडामहारानी कान्ति राज्यलक्ष्मी देवीले थानकोटस्थित हालको चेकपोष्ट चोकमा देशकै पहिलो राजमार्गको उद्घाटन गर्नुभएको थियो । 


सडक निर्माणमा खटिएका महिला तथा पुरूषहरू । 

राजा त्रिभूवनले गद्दी आरोहण गरेको ४२ वर्ष पुगेको अवसरमा नेपाल–भारत सडक सम्पर्कका लागि यस राजमार्ग निर्माण गरिएको थानकोट चेकपोष्टमा राखिएको शिलालेखमा उल्लेख गरिएको छ । भारत सरकारको आर्थिक, प्राविधिक सहयोगमा निर्मित ७२ माइल लम्बाइको यस सडक काठमाण्डौको थानकोटबाट मकवानपुरको भैंसे दोभानसम्म भारतीय वायुसेनाका चिफ इञ्जिनियर लेफ्टिनेण्ट कर्नेल एन बी ग्रान्टको प्रत्यक्ष निगरानीमा निर्माण सम्पन्न भएको थियो ।

यो पनि भीमफेदीबाट भरियाको काँधमा बसेर ७ दिनमा मोटरकार थानकोट आइपुग्थ्यो (दुर्लभ भिडियो सहित)


पालुङ गाउँ तथा त्रिभूवन राजपथ 

यस राजमार्ग निर्माण सम्पन्न भएपश्चात थानकोट नागढुंगामा राजमार्ग निर्माणका क्रममा दिवंगत भएका श्रमिकहरुको सम्मानमा स्मारक निर्माण गरिएको थियो जुन सडक विस्तारका क्रममा ध्वस्त भइसकेको छ । स्थानीयहरूका अनुसार त्रिभूवन राजपथको निर्माणका क्रममा थानकोटका एक युवाको पनि निधन भएको थियो । यस राजमार्ग निर्माणका क्रममा कम्तीमा ९ जना श्रमिकले ज्यान गुमाएको बतायन्छ ।  


थानकोट चेकपोष्टमा राखिएको शिलालेख । 

पृथ्वी राजमार्गको निर्माण हुनुपूर्व काठमाण्डौबाट तराई जोड्ने एकमात्र सडक मार्ग हाल सुनसान प्रायः छ तथापी यसलाई तराई जोड्ने वैकल्पिक मार्गका रुपमा लिने गरिन्छ । साँघुरो एवं घुम्तीहरु धेरै भएका कारण नेपालको पहिलो राजमार्ग त्यति सुरक्षित मानिँदैन् । 


थानकोटस्थित राजपथको तत्कालीन सुरूवाती विन्दु । 
 

यो पनि २००६ सालमा काठमाडौं उत्रिएको पहिलो विमान जो धान ओसार्ने प्रयासका लागि बोलाइएको थियो

#TribhuvanRajpath

सन्दर्भ सामाग्री
Meena Acharya, Collection/Nepal Picture Library
https://archive.org/

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर