पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
अन्तर्राष्ट्रिय नागरिक उड्ययन दिवस

पढ्न लाग्ने समय : 2 मिनेट

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । 

शिकागो कन्भेन्सन लागू भएपछि सन् १९९४ देखि नै अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)ले यो दिवस मनाउँदै आएको छ । 
संयुक्त राष्ट्रसंघको महासभाले १९ सय ९६ मा डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको मान्यता दिएको हो। आइकाओमा नेपालसहित १ सय ९२ राष्ट्र सदस्य छन् ।

नेपालमा सन् १९५७ मा नागरिक उड्डयन प्राधिकरण स्थापना भएको हो । प्राधिकरणको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमले अहिले सात देशका नौ गन्तव्यमा दुई वाइड बडी र दुई न्यारो बडी गरी चार जहाजबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । साथै निगमले खतराजन्य पदार्थ ओसारपसारको अनुमति पाएको छ ।

निगमको ६३ वर्षे इतिहासमा पहिलो पटक अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ ढुवानीको स्थायी अनुमति पाएको हो । प्राधिकरणले निगमलाई खतराजन्य वस्तु ढुवानीका लागि अनुमति पत्र प्रदान गरेको हो ।

निगमले यसअघि अस्थायी रूपमा हरेक तीन महिनाका लागि अनुमति लिएर खतराजन्य पदार्थ ओसारपसार गर्दै आएको थियो । अबदेखि स्थायीरूपमा अनुमति पाएको छ । योसँगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ)ले खतराको सूचीमा राखेका वस्तु निगमले आवश्यक सुरक्षा अपनाएर ढुवानी गर्न सक्नेछ ।

निगम अहिले पनि ५० अर्ब रुपैयाँभन्दा बढी ऋणमा रहेको छ । हाल नेपालमा सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमसहित एक दर्जन निजी कम्पनीका साना ठूला विमानहरूले बाह्य तथा आन्तरिक उडान गर्दै आएका छन् ।

#InternationalCivilAviationDay

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर