नेपालमा कोकाकोला

पढ्न लाग्ने समय : 10 मिनेट

चर्चित पेय पदार्थ कोकाकोला १३३ को उमेरमा हिँडिरहेको छ, अर्थात कोकाकोला उत्पादन सुरू भएको १३३ वर्ष भएको छ । ८ मे १८८६ मा पहिलो पटक यसको उत्पादन सुरु भएको थियो जसको परिकल्पना संयुक्त राज्य अमेरिकाका डा. जोन एस पेम्बर्टनले गरेका थिए । डा. पेम्बरर्टन र उनका लेखा सहयोगी फ्रान्क एम.रोबिन्सनले यो पेय पदार्थको नाम कोकाकोला राखेका थिए। उनले नै यसको डिजाइन र ट्रेडमार्क दर्ता गरेका हुन् । जुन अहिलेसम्म प्रयोगमा आइरहेको छ। डा. पेम्बर्टनले यसको सिर्जना गरेपछि यसलाई अमेरिकी बजारमा फैलाउने काम एस जी क्यान्डलरले गरेका थिए । हाल विश्वका कम्तीमा २०० मुलुकमा कोकाकोलाको उत्पादन हुने गर्दछ, उत्तर कोरिया र क्युबामा कोकाकोलाको लुकिछिपी कारोबार हुने भएपनि उत्पादन हुँदैन् ।


समग्रमा नेपाली बजारमा कोकाकोलाको उत्पादको बजार ५५ प्रतिशत र पेप्सीको उत्पादनको बजार हिस्सा ४५ प्रतिशत रहेको दाबी सम्बन्धित कम्पनीले गर्दै आएका छन् ।


विश्वबजारमा कोकाकोला आएको ९३ वर्षपछि अर्थात वि.सं. २०३६ साल बैशाख २५ (सन् १९७९ मे ८) मा यसले नेपालमा उत्पादन सुरू गर्यो, त्यसअघि भारतबाट कोकाकोला नेपाल आयात गरि उपयोग गरिन्थ्यो । नेपालमा ठ्याक्कै कति सालबाट कोकाकाला पिउन सुरू गरियो यकिन भएको छैन्। वि.सं. २०२५ साल (सन् १९६८) मा भारतबाट १ लाख ५० हजार बोतल कोकाकोला नेपाल भित्र्याइएको थियो । जमशेदपुर  स्थित नकुल डि. कमानीको स्वामित्वमा रहेको स्टील सिटी बेभियर्सले उत्पादन गरेको कोकाकोला नेपाल निर्यात गर्दथ्यो ।

कोकाकोलाको नेपालमा उत्पादनका लागि अनुमति पाएको बोटलर्स नेपालले पहिलोपटक सन् १९७९ मा काठमाण्डैमा उत्पादन प्लाण्ट स्थापना गर्यो भने त्यसको ८ वर्षपछि चितवनमा दोश्रो प्लाण्ट ।

सहरमा मात्रै नभएर चिसो पेय पदार्थ देशका हरेक कुनाकाप्चासम्म पुगेको छ । सवारी साधान पुग्ने ठाँउमा सहजै पुग्ने यी पेय पदार्थ बोकेर पनि सवारी साधान नपुग्ने ठाउँमा पुग्ने गरेको छ । चिसो पेयको बजार हिमाल, पहाड तराईसम्म नै व्यापक रूपमा फैलिइरहको छ ।


वि.संं २०४१, मनाङ जिल्लामा कोकाकोला ढुवानी गर्दै भरिया । 

जुनसुकै उमेर समुहका मानिसहरू कोकका पारखी भएका छन् नेपालमा । दुध, दही, मोहीले पाहुनाको सत्कार गर्ने नेपाली भान्छामा कोकाकोला, पेप्सी लगायतका हल्का पेय पदार्थ अनिवार्य भएको छ अहिले ।

काठमाडौंको बजारमा सबैभन्दा बढी प्रयोग हुने चिसो पेय पदार्थमध्येको बलियो उपस्थित पेप्सीको रहेको छ । समग्रमा नेपाली बजारमा कोकाकोलाको उत्पादको बजार ५५ प्रतिशत र पेप्सीको उत्पादनको बजार हिस्सा ४५ प्रतिशत रहेको दाबी सम्बन्धित कम्पनीले गर्दै आएका छन् ।

 बैशाखदेखि असारसम्मको व्यापार चिसो पेय पदार्थको प्रमुख मौसम हो । जति धेरै गर्मी मौसम बढ्दै जान्छ , उति नै चिसो पेय पदार्थको खपत पनि बढ्ने गर्छ । सडक पहुँच सहजै भएको ठाँउमा प्रायः उस्तै मूल्य हुन्छ भने बोकेर लाने ठाउँमा अलि बढी शुल्क पर्ने भएपनि सबैतिर उपलब्ध भने हुने गरेको छ ।


विभिन्न समयमा डिजाइन गरिएका देवनागरि लिपिमा लेखिएको कोकाकोलाको बोतल

कसरी भयो कोकाकोलाको सुरूवात !

कोकाकोला नामक पेयको आविष्कार अमेरिकाको एट्लान्टा शहरका रसायनशास्त्री जोन पेम्बर्टनले गरेका थिए। अमेरिकी गृहयुद्धका घाइते पेम्बर्टन अफिमको लतमा फसेका थिए, त्यसबाट छुटकारा पाउन उनले रक्सीमा कोकाको पातको रस मिलाएर पिउन थाले। यसको स्वादमा लट्ठिएका पेम्बर्टनले बेच्न समेत सुरु गरे।

एटलान्टा सरकारले राज्यमा रक्सी प्रतिबन्ध लगाएको थियो। त्यसैले सरकारको आँखा छल्न कोकाको पातको रस मिसाएर रक्सी बेच्ने रेपिसि सहितको जुक्ति निकालेका थिए उनले।

कोला बदाम प्रजातीको फलको नाम हो । जुन फल पश्चिमी अफ्रिकामा रुखमा फल्ने गर्छ। कोला हरियो रंगको फल हुन्छ। दुई इन्च लम्बाइ हुने यो फलको गुदी पश्चिमी अफ्रिकाका स्थानीयबासी शरिरमा तागत बढाउन सुपारी जसरी चपाउँछन्।

यसलाई चपाउँदा शरिरमा एक किसिमको ताजापन उत्पन्न हुन्छ। कोलामा पाइने क्याफिन एवं थियोब्रोमाइन नामको रसायनका कारण यस्तो भएको हो। यी दुवै रसायन चिया तथा चकलेटमा समेत पाइन्छ। पश्चिम अफ्रिकामा कोलाको खेती सदियौँ पुरानो हो। तर, बाँकी विश्वले भने सोह्रौँ शताब्दीमा आएर मात्र यसको खुबी बारे जानेका थिए।

ब्रिटिश इतिहासकार पल लवजाएका अनुसार पुराना अफ्रिकीहरु कोलाको रुख चिहानमा समेत लगाउँथे। किशोरीहरुको महिनावारी सुरु हुने बेला गर्ने पुजा आजामा समेत स्थानीयबासी यसको प्रयोग गर्थे।

कोलाको दाना लामो समय सम्म जोगाउन चिसो स्थानमा राख्न जरुरी हुन्छ। सयौँ वर्ष पहिले पनि अफ्रिकी जनता यसलाई जनतपुर्वक हजारौँ किलोमिटर टाढा सम्म पुर्याउँथे।

स्थानीयले यसलाई दिएको महत्वबाट थाहा हुन्छ कोलाको मान्यता सुन बराबर थियो। राजा महाराजाले उपहार स्वरुप कोलाको दाना एक अर्कालाई प्रदान गर्थे।

इतिहारकार लवजाय पन्ध्रौँ शताब्दीसम्म पनि युरोपका जनतालाई कोलाको महत्व थाहा भइ नसकेको बताउँछन्। सोह्रौँ शताब्दीमा जब पोर्चुगल उपनिवेश विस्तारका लागि अफ्रिका पुग्यो अनि कोलालाई युरोप ल्यायो। तर, त्यतिन्जेल सम्म पनि उनीहरुले कोलाको सबै महत्व बुझिसकेका थिएनन्।

सन् १६२० मा अंग्रेज व्यापारी रिचर्ड जब्सन ग्याम्बिया नदी हुँदै पश्चिम अफ्रिकाको अन्दरुनी पुगेका थिए। त्यस बेलासम्म उनका लागि कोला एकदमै नयाँ बिज थियो। जब्सनले आफ्नो यात्रा डायरीमा यसको विवरण उल्लेख गरेका छन्। कोलाको दाना स्थानीयहरुले उत्साहका साथ आफुलाई ल्याएर दिए पनि त्यसको सबैभन्दा मिठो भाग के हो भनेर आफुले भेउ पाउन नसकेको उनले लेखेका छन्। उनले थपेका छन् ‘मलाई स्वाद मन परेन तर पनि खै किन हो कोलाको दश दाना राजालाई उपहार स्वरुप टक्राउने चलन थियो।जब्सन बेलायत फर्किँदा छ दाना कोला पनि साथ लिएर आए। तर, स्वदेश पुगुन्जेलमा ती सबै बिग्रिसकेको आफ्नो पुस्तकमा उल्लेख गरेका छन्।

जे भए पनि कोलाको हल्का नशा दिने विशेषता युरोपेलीहरु माझ धेरै लामो समय छिप्न सकेन। उन्नाइसौँ शताब्दी सम्ममा युरोप तथा अमेरिकामा कोलाका जानकारी अफ्रिकामा भन्दा धेरै भइसकेका थियो। युरोप एवं अमेरिकामा कोला मिसाएर विभिन्न स्वस्थवर्दक औषधी बनाउने क्रम सुरु भइसकेको थियो। बेलायतमा फोर्स्ड मार्च नामको औषधी बनेको थियो जसमा कोलाको पातको रस र कोलाको गुदी मिलाइएको थियो। यो औषधीले भोक मार्ने र स्वास्थ्यलाई राम्रो बनाउने दाबी कम्पनीको थियो।

फ्रान्समा कोलाको दाना वाइनमा मिसाएर विन मारियानी नामको एक स्वस्थवर्दक पेय पदार्थ तयार गरिएको थियो। यसको रेसिपी फ्रेन्च रसायनशास्त्री एन्जेलो मारियानीले सन् १९६३ मा तयार गरेका थिए।

भ्याटिकन सिटीका पोप लियो तेरहवे, बेलायतकी महारानी भिक्टोरिया, अमेरिकी वैज्ञानिक थोमस एडिसन एवं बेलायती लेखक आर्थर कानन डायल जस्ता हस्तीहरु विन मारियानीका पारखी थिए। मारियानीको प्रचारमा यी नामुद व्यक्तिहरुको तस्विर प्रयोग गरिएको थियो। जानकारहरु भन्छन् अमेरिकी रसायनशास्त्री जोन पेम्बर्टनले विन मारियानीबाटै कोकाकोलाको रेसिपि तयार गर्ने आइडिया लिएका थिए। कोका विज्ञ पेम्बर्टनले त्यसमा कोला मिसाएर नयाँ स्वाद तयार गर्ने जुक्ति निकाले। यी दुई मिलाएर बनाइएको पेय मानिसहरुले खुबै रुचाए।

यसरी तयार भएको कोकाकोला पहिलो वर्ष  २५ बोतल बिकेको थियो। अहिले त दुनियाँमै यसको राज छ। अहिले दिनमा करिब २ अर्ब बोतल भन्दा बढी कोक बिक्री हुन्छ। कोकाकोला सन् १९२८ को ओलम्पिक खेलको प्रायोजक समेत थियो ।

 कोका र कोलाको मिश्रणबाट बनेको पेय दिनानुदिन लोकप्रिय हुँदै थियो। कम्पनीले बिक्री बढाउने हेतुले सन् १९८५ मा एक नयाँ प्रयोग गर्यो। तर, त्यसले ठूलो घाटा लाग्न पुग्यो। तीन महिनामै उपभोक्ता मागका कारण बन्द भएको कम्पनी नयाँ नामका साथ आफ्नो उत्पादन बजारमा ल्याउन कम्पनी बाध्य भयो।

अहिले कम्पनीले कोलाको वास्तविक स्वाद मिसाएर आफ्नो ड्रिंक तयार गर्छ। यसको पाउडर विश्वभरका कोकाकोला फ्याक्ट्रीमा पठाइन्छ। जहाँ कम्पनीका डिलरले त्यहि ‘कन्सन्ट्रेट'को आधारमा कोकाकोला तयार गर्छन्।

हुनत कोलाको असली स्वाद पाउन यसको दानानै चाख्नु पर्ने हुन्छ। रिचर्ड जब्सनले लेखे अनुसार त यसको वास्तविक स्वाद धेरै तितो छ। तर यसलाई सुन्तलाको रस, भेनिला एवं क्यारामेलसँग मिलाएर खाएमा तितोपना कम हुन्छ। यी सबै थोकको मिश्रणपछि पनि यसमा रहेको क्याफिन र थियोब्रोमाइन रसायनले तपाइँलाई हल्का नसा भने जरुर दिनेछ।

सन्दर्भ सामाग्री

विजमाण्डु
इण्डियाटूडे
डउड हल
विभिन्न अनलाइनहरू

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. ३ दशकअघि दशरथ रंगशालामा भागदाैडमा परि ९३ जना खेलप्रेमीले ज्यान गुमाए
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  9. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर