पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
आज विश्व शौचालय दिवस, शाैचालय नभएको त्यो भव्य सेतो दरबार

पढ्न लाग्ने समय : 2 मिनेट

उसबेला निकै ठूलो धनराशी खर्चेर निर्माण गरिएको सेतो दरबारमा शौचालय बनाउन भने विर्सिएको तथ्यहरु खुलेका छन् । बैठक कक्षको साजसज्जाका लागी मात्र एक करोड रुपैया खर्चिएको उक्त दरबारमा शौचालय नभएको रहस्य १ सय २५ वर्ष पछि मात्र खुलेको थियो ।

राणा प्रधानमन्त्री वीरशमसेरले बनाउन लगाएको उक्त दरबारलाई महंगो भएका कारण चन्द्रशमशेरले किन्न नसकेको इतिहासमा उल्लेख छ । तत्कालिन अवस्थामा दरबार भित्र शौचालय राख्ने प्रचलन नै नभएकाले नराखिएको बताइन्छ । लाल दरबार र सेतो दरबार किन्न हौसिएका चन्द्रशमशेरले सिंहदरबार बनाएका थिए । ती विशाल दरबारमा पनि शौचालय थिएन ।

त्यतिमात्र नभई राणा शासनका अवधिमा ४० भन्दा बढी दरबार तथा महलहरु बनाइए पनि शौचालय थिएनन भनेर इतिहासमा पढ्न पाइन्छ । विगतमा शौचालय बनाउने प्रचलन नभएकाले दरबार भित्रै छुट्टै कोठा हुने गरेको त्यहीं शौच गर्ने प्रचलन रहेको थियो ।

सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो

शौचालय नभएकाले छुट्टै कोठामा राखिएको ढलौटको कोपरामा शौच गर्ने चलन रहेको र त्यसलाई सुसारेहरुले खाल्डोमा लगेर फ्यांक्ने गरेको इतिहासकारहरुले आफ्नो लेखहरुमा उल्लेख गरेका छन् ।

पछि मुख्तियार रुद्रशमशेर बेलायत गएका बेला शौचालय देखेकाले चारबुर्जा दरबार भित्र शौचालय बनाएका थिए । शौचका लागी छुट्टाइएको कोठा भित्र महिलाहरु पनि रहन्थे । उनीहरुले दिसा–पिसाब फयादिने गरेका थिए । वीरशमशेरको निधनपछि उनका जेठा छोरा गेहेन्द्रशमशेर बेलायतबाट फर्केपछि सेतो दरबारमा सेतो दरबारमा शौचालय बनाएका थिए ।

दरबारमा नुहाउनका लागी भने छुट्टै कोठा हुने गरेको र ठूलो गाग्रीमा राखिएको पानीलाई करुवाले उगाएर नुहाउने गरिन्थ्यो । २००७ साल पछि सरकारका स्वामित्वमा आएका दरबारहरुमा पछिमात्र शौचालय निर्माण भएको बताइन्छ ।

केही राणाकालीन दरबारहरू

#toiletday

सन्दर्भ सामाग्री
इमेजखबरडटकम
मदन पुरस्कार पुस्तकालय

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर