पढ्न लाग्ने समय : 0 मिनेट
उपन्यासकार लीलबहादुर क्षेत्रीलाई पद्मश्री पुरस्कारबाट सम्मानित गरिएको छ। भारतका राष्ट्रपति रामनाथ कोविन्दले उपन्यासकार क्षेत्रीलाई सोमबार पुरस्कार प्रदान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई सन् २०२० को साहित्य र शिक्षाको विधामा पुरस्कार प्रदान गरिएको हो। पद्यश्री सम्मान भारत सरकारले प्रदान गर्ने फोर्थ हाइएस्ट सिभिलियन अवार्ड हो । यसअघि नेपालका अनुराधा कोइराला, डा. सन्दुक रूइतले यो सम्मान प्राप्त गरेका छन् ।
क्षेत्री चर्चित उपन्यास बसाइँका लेखक हुन्।