मध्यरातमा 'फेरी' लगाउने चलन !

पढ्न लाग्ने समय : 5 मिनेट

चैत र कात्तिक महिनामा घरघरमा गएर फेरी लगाउने परम्परा वर्षाैदेखिको हो । फेरी लगाएमा घरको रक्षा हुने र भूत नआउने जनविश्वास छ । फेरी लगाउने व्यक्तिहरुलाई फेरी लगाउने घरधनीले चामल, धान, बेसार, तरकारी, नुन, तेल, घ्यु लगायत दान दिने परम्परा छ ।

रातको समयमा फेरी लगाउँदै गाउँ, सहर डुल्ने अनि उज्यालो भएपछि तिनै घरबाट अन्न, नुन, तेल र दक्षिणा संकलन गरी जोगीहरुले आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । फेरी लगाएर मन्त्रपाठ गर्नाले घरमा सुख, शान्ति तथा समृद्धि छाउने जनविश्वास छ ।

फेरी लगाउने परम्मपरा धार्मिक विश्वाससँग जोडिएको छ । तर फेरी लगाएर मात्रै यो समुदाय माथि उठ्न सक्ने अवस्था छैन । फेरी लगाउने योगी, जोगी समुदायलाई अन्य माध्यमबाट आर्थिक, सामाजिक र शैक्षिकस्तरमा सबल बनाउन भने पहल गर्न भने आवश्यक छ ।

धार्मिक आस्थासँगै जोडिएको फेरी लगाउने परम्परा वर्षोदेखि जोगी , योगीहरुले निरन्तरता दिदै आएका छन् । युवा पुस्ताले भने फेरी लगाउन पेशामा त्यति धेरै चासो देखाएका छैनन् । त्यसैले आफूहरु नरहेपछि यो परम्परालाई कस्ले निरन्तरता देला भन्ने चिन्ता जोगीहरुलाई छ ।


वि.संं २०३२ साल ताका तनहुँ जिल्लामा फेरी लगाउँदै गरेका जोगी । 

फेरीको महत्व

कानफटा जोगी(नाथ)हरु कात्तिक र चैत महिनामा फेरी लगाउने गर्छन् । फेरी लगाएमा घरको रक्षा हुने, भूत पिचाश नआउने जनविश्वास छ । कानफटा जोगीहरुलाई मंगलबार र शनिबार टीका लगाएर दान दिने गर्छन् । चामल, धान, बेसार, तरकारी, नुन, तेल, घिउ, दक्षिणा, कालो कपडा लगायतका वस्तु दान गर्ने चलन छ ।

रातको समयमा फेरी लगाउँदै गाउँ, सहर डुल्ने अनि उज्यालो भएपछि तिनै घरबाट अन्न, नुन, तेल र दक्षिणा संकलन गरी जीविकोपार्जन गर्दै आएका छन् । फेरी लगाएर मन्त्र पाठ गर्नाले घरमा सुख, शान्ति तथा समृद्धि छाउने जनविश्वास छ ।

फेरी लगाउँदा छेद, भेद, मरिद, मसना, डंकिनी, भूत र पिचासले दुःख नदिओस् भनेर मन्त्रोचारण गर्ने गरेको उनीहरुको भनाइ छ । अघिल्लो रात फेरी लगाउने र भोलिपल्ट दान लिँदै हिँड्ने योगीलाई भक्तहरूले पनि अन्नबालीमा ‘सह’ बस्ने, घरमा भूतप्रेत तथा पिचासले बास नगर्ने विश्वासमा अन्न दान गर्दछन ।

मध्यरातमा बजाईने नाद

नादको अर्थ हो आवाज निस्किनु हो । पवित्र काठ र धातुहरुबाट निर्माण गरिएको वस्तुलाई मुखले फुक्दा आवाज आउने हुनाले यसलाई नाद भनिएको हो । नादलाई नाथ योगीहरुले कुनै पनि शुभकार्य गर्नुअघि तीनपटक फुकेर मन्त्र जप गर्ने गरेको बताउँछन् ।

वि.संं २०३२ साल ताका तनहुँ जिल्लामा फेरी लगाउँदै गरेका जोगी । 



वि.संं २०३२ साल ताका तनहुँ जिल्लामा फेरी लगाउँदै गरेका जोगी । 

यो तीन पटकदेखि छ पटकसम्म पनि विभिन्न देवीदेवताहरुको स्मरण गर्दा फुक्ने चलन छ । गुरुलाई स्मरण गर्दा तीनपटक र अरु देवीदेवताहरुलाई स्मरण गर्दा छ पटक बजाउने चलन रहेको नाथयोगीहरु बताउँछन् ।

अशंमा समेत नाद

यो समुदायमा विवाहपछि परिवार छुट्टिँदा अंशका रूपमा फेरी लगाउने बराँठको सिङ दिने चलन थियो । अभिभावकले बराँठको सिङ दिँदै पुख्र्यौली पेशा नछाड्न फेरी लगाएर जीविकोपार्जन गर्न आशीर्वाद दिने गरेको उहाँ बताउनुहुन्छ । युवा पुस्ताले लाज मान्नु, पेशाबाट आत्मसम्मान नपाउनु, अन्य समुदायले हेयका दृष्टिले हेर्नु, वर्षभरि काम नपाउनु, आकर्षक कमाई नहुनुलगायत कारणले यो पेसा अँगाल्न नमानेको उहाँले बताउनुभयो ।

सुरक्षा र सम्मान आवश्यक

फेरी लगाउने जोगीहरु रातको समयमा गाउँ डुल्नुपर्ने भएका कारण सुरक्षाको अनुभूति हुनुपर्ने योगी रुद्रनाथले बताउनुभयो । रातको समयमा फेरी लगाउन जाँदा असुरक्षा बढेको कारण समस्या भएको उहाँले बताउनुभयो । संस्कृति र धार्मिक परम्परा धानेका योगीहरुको सम्मान गर्न सक्नुपर्ने उहाँले बताउनुभयो । चलिआएको परम्परा र संस्कार संरक्षणका लागि कानफटा योगीहरुको सुरक्षा र सम्मानमा ध्यान दिन सके परम्परा जोगिने उहाँको भनाइ छ ।

सन्दर्भ सामाग्री
उज्यालो अनलाइन
हिमालय टेलिभिजन
विभिन्न अनलाइनहरू
विभिन्न सामाजिक सञ्जाल

 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. ३ दशकअघि दशरथ रंगशालामा भागदाैडमा परि ९३ जना खेलप्रेमीले ज्यान गुमाए
  4. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  5. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  6. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  7. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर
  10. जङ्गबहादुर राणाको तलब कति थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।