पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
अनि राजा त्रिभुवनले ३ लाख रूपैयाँ आगाेमा एकएक गरि हाेमिदिँदा दुवै जना रानीहरु हेरेको हेर्यै

पढ्न लाग्ने समय : 1 मिनेट

राजा त्रिभुवनले काम विशेषले श्री ३ चन्द्रशमशेरलाई ५ लाख रुपैँया आवश्यक भएकाे जानकारी गराएछन् । त्यसकाे केहि दिनपछि राति १० बजेतिर जनरल माेहनशमशेरले 'बा ले पठाएको' भनेर एक बण्डल नाेट राजा त्रिभुवनमा चढाए । राजाले "कति छ?" भनेर साेधनी हुँदा माेहनशमशेरले "तीन लाख छ" भने । त्यसपछि राजाले केही नबाेली ती नाेट फुकाएर एक-एक गरि तापिरहेकाे बाेर्सीकाे आगाेमा हाेमिदिए । रानीहरुले के गरेकाे भनेर साेद्दा उनले "हेर न, कसरी ताताे दिएकाे छ।"

माेहनशमशेरलाई राजाले बिदा गरिसकेपछि रानीहरुसँग भनेछन् "देशकाे आम्दानी उनीहरुले जे गरेपनि हुने, कसैलाई हिसाब देखाउन नपर्ने । छाेराहरु छुट्टिँदा कराेड करोडकाे भाग लाग्ने, मैले काम विशेषका लागि माग्दा पाँचबाट घटाएर ३ गर्ने ?

सन्दर्भ सामाग्री
रेवतीमरण खनालकाे आत्मकथा अनुभुति र अभिव्यक्ति, पृष्ठ १४७,१४८ ।
मदन पुरस्कार पुस्तकालय

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर