पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
प्रणय दिवस: अमर प्रेमको चिनारी नेपालको 'ताज महल'

पढ्न लाग्ने समय : 7 मिनेट

जनरल खड्गशमशेर राणा आफ्नी रानी तेजकुमारीलाई असाध्यै माया गर्थे । अकस्मात् उनी परमधाम भइन् तर खड्गशमशेरले आफ्नी रानीको माया बिर्सन सकेनन् । अनि बनाउन लगाए, रानीमहल । अहिले कालीगण्डकीको किनारमा अमर प्रेमको साक्षी बनेर पर्यटकलाई लोभ्याइरहेछ, यो रानीमहल। एक सय २३ वर्ष पुरानो रानीमहललाई नेपालको ‘ताजमहल’ भनेर पनि चिनिन्छ । उत्तरबाट बगेर आएको कालीगण्डकी रानीमहल क्षेत्रमा उत्तरतिरै बगेको छ।



भारतको आग्रास्थित ताजमहलका संस्थापक मुस्लिम सम्राट् जहन शाह र रानी मुमताजको जस्तै आफू र रानी तेजकुमारीको प्रेमकहानी पनि लोकमा पछिसम्म अमर रहोस् भनी जनरल खड्गशमशेर राणाले यो महल निर्माण गराएका थिए । यसको बुर्जामा ‘रानी तेजकुमारी शरणम्’ भनी लेखिएको शिलालेख छ ।

यो महल बनाउन पश्चिम नेपालका जनताले इँटा बनाउने, पर्खाल लगाउने र जंगलबाट काठ ओसार्ने एवं कुद्ने काममा श्रमदान गरेका थिए । चुन, सुर्की (इँटाको धुलो) आदि विशेष सामग्रीबाट यो महल बनाइएको छ ।

 

१९५४ सालमा बनेको यो महलको संरक्षण र पर्यटकीय विकास कार्यमा २०५५ सालपछि मात्र नेपाल सरकार र स्थानीयबासीको ध्यानाकर्षण भइ मर्मतसम्भार पछि संरक्षण हुन थाल्यो । राणाशासनको अन्त्यपछि उपेक्षाले यो प्रेमको निशानी खण्डहर बनेको थियो ।

खड्गशमशेर र रानीमहल

इतिहास अनुसार १९०३ साल असोज १ गते २९ वर्षको उमेरमा प्रधानमन्त्री र सेनापति बनेका जंगबहादुर कुँवरले राणा पदवी पाए । श्री ३ महाराज पनि बने । १९४२ सम्ममा राणा परिवार सिंह र शमशेर खलकमा विभाजित भइसकेको थियो । सोही साल कोठामा तेलले मासलस गराइरहेका प्रधानमन्त्री रणोद्वीप सिंहको उनकै भतिजाहरू खड्गशमशेर, डम्बरशमशेर (बालकृष्ण समका बाजे) र भीमशमशेरले गोली हानी हत्या गरे । रणोदिपको हत्यापछि शमशेर खलकका जेठा ३२ वर्षीय वीरशमशेर श्री ३ बने । माहिला २६ वर्षे डम्बर हजुरिया जर्नेल र साहिँला २४ वर्षे खड्ग सेनापति बने । रणदेव र चन्द्रशमशेर क्रमश: पश्चिम, पूर्व र दक्षिण कमान्डिङ जर्नेल (जङ्गीलाठ) बने ।
 
पाल्पा गाैंडाका बडाहाकिम खड्गशमशेरको परिवार

यसैलाई ४२ साल पर्व भनिन्छ । वीरले खड्गलाई विश्वास गरी नेपालको सबै तैनाथको जिम्मेवारी सुम्पेका थिए। खड्गको १९४३ मा वीरको हत्या गरी श्री ३ बन्ने षड्यन्त्र असफल भयो ।

विश्वासघातको सजाँय बापत उनी पाल्पा गौंडाअन्तर्गतको अर्घाखाँचीको ठाडा निकाला गरिए । १९४५ मा वीरले उनलाई पाल्पाको पश्चिम कमान्डिङ जर्नेल (मुख्य प्रशासक) र भैरहवा, तौलिहवा, बागलुङ र पर्वतसम्मको अख्तियारी पद दिए ।

१९४९ मा रानी तेजकुमारीको मृत्यु भएपछि कालीगण्डकीमा संस्कार गरियो । खड्गले संस्कारस्थललाई रानीघाट नाम राखी रानीमहलको शिलान्यासका साथै त्यहाँ पुग्न तानसेनबाट घोडेटो बाटोसमेत बनाए । रानी तेजकुमारी रूपवती र सुशील महिला भएकाले खड्गको उनीप्रति अतिशय प्रेमभाव थियो ।

रानीमहल वि. सं १९५०मा शिलान्यास भई चार वर्षमा दरबार मन्दिर पाटीपौवासहितको निर्माण कार्य पूरा भएको साबिकको बौघागुम्बा गाविस- २ मा अवस्थित रानीमहल दरबार नेपालकै ताजमहलका रूपमा कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा रहेको रानीमहल दरबारको बायाँतर्फ शीत्तलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन् । यो महल युनानीशैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनाइएको हो । यस महलको पूर्व तिर खड्ग शमशेरको पूजा गर्ने कोठा, माथिल्लो तलामा बैठक कोठा र मध्य तलामा खड्ग शमशेरका कोठाहरू रहेका छन् । त्यस्तै वरिपरि रहेको बगैंचा र रानी पोखरीले महल आकर्षक देखाएको छ ।
दरबारको मूलढोकाबाट कुँदिएको ढुङ्गा र इँट्टाबाट बनाइएका खुड्किलो तल सिधा कालीगण्डकी नदी कुण्डमा जोडिएको छ । प्रसिद्ध मुक्तिनाथ तिर्थ जाने मुख्यद्वार भएकाले तिर्थालुहरूलाई बस्ने सुविधासहितका पौवासमेत निर्माण गरिएको थियो । आफ्नी दिवङ्गत रानी तेजकुमारीको सम्झनामा दरबारको निर्माण गरिए तापनि पाँच वर्षसम्म मात्र राज गर्न पाएको जानकारहरूको भनाइ छ ।

रानी तेजकुमारीको सम्झनामा निर्मित यस भव्य महल भित्र पानी पोखरी मन्दिर बगैंचा आदि रहेको अत्यन्त मनमोहक ५६ फिट चौडाई ११२ फिट अग्ल्याई भएको चारतले भवन र त्यसको वरिपरिको वातावरणले सबैको मनमा साँच्चिकै आनन्द दिन्छ । पाल्पाको सदरमुकाम तानसेनबाट उत्तरपश्चिम २।३० घण्टा पैदल यात्राबाट पुग्न सकिने रानीमहलको हाल पर्यटकीय सन्दर्भमा अत्यन्त महत्व राखेको छ ।

विसं १९६० मा खड्गशमशेरले श्री ३ को पदसहित शासनसत्ताको बागडोर आफूले सञ्चालन गर्न खोज्यो भन्ने षड्यन्त्रको छनक पाएपछि चन्द्र शमशेरले पाल्पामा थप सेना पठाइ तैनाथी आफ्नो हातमा लिएका थिए । खड्गशमशेरले आफूमाथि थप खतरा उत्पन्न हुने त्रासमा दरबारमा रहेका सबै बहुमुल्य बस्तु छाडेर तीन साँचो र सरकारी ढुकुटी लिई भारत पलाएन भएपछि प्रेमको प्रतिक ठानिने रानीमहल बेवारिसे बन्न पुगेको स्थानिय बासिन्दाहरू बताउँछन् । दिवङ्गत रानीको सम्झनामा बनाइएकोले रानीमहल दरबारलाई ‘प्रेमको प्रतिक’ का रूपमा लिइने गरिन्छ ।


खड्गशमशेर । 
 

ठुलो ढुङ्गामाथि बनाइएको यो दरबार युरोपियन शैलीमा बनाइएको थियो । दरबार हातामा मन्दिर, बगैचा तथा पानी पोखरी निर्माण गरिएको छ । पछिल्लो समय यो दरबार आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनिरहेको छ ।

सन्दर्भ सामाग्री

अन्नपुर्ण पोष्ट
गोरखापत्र अनलाइन
मदन पुरस्कार पुस्तकालय
विकिपिडिया

 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर