पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
विश्व गुणस्तर दिवस

पढ्न लाग्ने समय : 3 मिनेट

आज अक्टोबर १४, विश्व गुणस्तर दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । सन् १९४६ मा लण्डनमा भएको एक अन्तराष्ट्रिय भेलाले गुणस्तरको विकास गर्ने अन्तरार्ष्ट्रिय संस्थाको निर्माण गर्ने निर्णय गरेको दिनको सम्झनामा सन् १९७० देखि हरेक वर्ष यो दिवस मनाउने गरिएको छ ।
दिवसका अवसरमा उपभोग्य वस्तुको गुणस्तर वृद्धि, गुणस्तरीय सामानको उत्पादन र वितरण तथा उपभोक्ता सचेतना लगायतका विषयमा विभिन्न कार्यक्रम हुने गर्छन् ।
नेपालमा औद्योगिक उत्पादनको गुणस्तर निर्धारण तथा प्रमाणपत्र प्रदान गर्न गुणस्तर तथा नापतौल विभागकाे व्यवस्था भएपनि गुणस्तरीय सामान पाउन नसकेको गुनासो आममानिसमा रहेको छ ।

नेपालमा वस्तु तथा सेवाको गुणस्तरलाई नियमन गर्न औद्योगिक उत्पादनको गुणस्तर सुधार र परिमाणात्मक वृद्धिको उद्देश्यले वि.सं. २०३३ सालमा गुणस्तर निर्धारण समितिको गठन भएको थियो । र, पछिल्लो पटक २०४४ सालदेखि गुणस्तरको नियमन गर्न गुणस्तर तथा नापतौल विभाग स्थापना भयो । अहिले यो विभागले उपभोक्ताहित संरक्षणका क्षेत्रमा मद्दत पुर्याउनुका साथै स्तरीय नापतौलको भूमिका निर्वाह गर्दै आएको छ ।
नेपालका सन्दर्भमा गुणस्तर तथा नापतौल विभाग भए पनि यसले आवश्यक मात्रामा निगरानी, खबरदारी र कारबाही गर्न नसकेको उपभोक्ताको गुनासो छ । बजारमा गुणस्तरहीन सामानहरू उत्पादन र बिक्री गर्नेहरूलाई कानूनी दायरामा ल्याउन यस विभागले सकिरहेको छैन । पर्याप्त जनशक्तिको अभावमा यस्तो हुन गएको विभागले बताए पनि सर्वसाधारणले चित्त बुझाउन सकेका छैनन् । बजारमा मनलाग्दो गर्नेहरूको मनोबल बढ्दै गएको छ । यसको मार सर्वसाधारण उपभोक्ताले भोग्न परिरहेको छ । अधिकांश उपभोक्तालाई गुणस्तरका सम्बन्धमा ज्ञान नै छैन । भएकाहरूले पनि अरूलाई ज्ञान बाँड्न सकिरहेका छैनन् । यही कारणले गुणस्तर दिवस मनाएर जनचेतना अभिवृद्धि गर्न थालिएको हो ।
बजार यति अस्वस्थ प्रतिस्पर्धाबाट गुज्रिरहेको छ कि प्रायः उपभोक्ताको हितप्रति पटक्कै ध्यान छैन । त्यहाँ नाफा र नोक्सानको मात्र हिसाब किताब छ । उपभोक्ताको स्वास्थ्यप्रति पनि कुनै मलतब छैन । सामान बिक्री गर्न र नाफा कमाउन पाए हुन्थ्यो भन्ने ध्याउन्नमा उद्योगी व्यवसायी देखिन्छन् । यद्यपि सोलो डोलोमा सबैलाई भन्न खोजिएको होइन, प्रवृत्ति त्यस्तो देखिन्छ । यो प्रवृत्तिगत कुरा हो ।
अर्काेतर्फ सरकारको अनुगमन गर्ने निकाय चुस्त छैन । चाडबाड आउँदा कही कतै अनुगमन गरेजस्तो गरे पनि त्यो झारा टराईको अवस्थामा हुन्छ । बजारमा गुणस्तरहीन, अखाद्य र विषादियुक्त खाद्यान्न भेटिदा समेत सरकारले प्रभावकारी नियन्त्रण र नियमन गर्न नसकेको भन्दै उपभोक्ताहित संरक्षणकर्मीहरूले गुनासो गर्दै आइरहेका छन् । कारबाही प्रक्रिया अगाडि बढाइहाले पनि प्रभावकारी रूपमा कार्यान्वयन र जवाफदेहिताको अभाव छ । कम्तीमा विश्व गुणस्तर दिवसले गलत गर्नेलाई कारबाही र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने आत्मबल प्रदान गर्न सक्यो भने दिवसको महत्व झन बढेर जानेछ ।

#worldstandardsday

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर