पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
विश्व दृष्टि दिवस

पढ्न लाग्ने समय : 2 मिनेट

हरेक अक्टोबर महिनाकाे दाेश्राे बिहीबार विश्व दृष्टि दिवस विश्वव्यापी रूपमा मनाउने गरिन्छ। उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे विश्वभर चेतना फैलाउने उद्देश्यले आज विश्वभर यो दिवस मनाइदैछ ।

विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सी (आईएपीवि)ले संयुक्त रूपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनीकरण गर्न सन् १९९९ को फेब्रुअरीमा भिजन २०२०ः ‘राइट टु साइट’को घोषणा गरी प्रत्येक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसको रूपमा मनाउँदै आएको छ।

अन्धोपन निवारण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरुको छाता संगठन (आईएपीवि) को नेपाल पनि एक सदस्य राष्ट्र हो। विश्वका करिब दुई अर्ब २५ करोड मानिसमा आँखाको समस्या रहेको र करिब चार करोड मानिसमा अन्धोपन रहेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ। जसमा एक अर्ब बढी मानिसमा दृष्टिदोष मात्र रहेको छ जुन सामान्य उपचारबाट समेत निको हुनसक्छ । तर, लापरबाही गर्नाले र सबै ठाउँमा उपचारको सहज पहुँच नहुनाले यो समस्या झन विकराल बन्दै गएको छ।

विशेष गरी ५० वर्ष नाघेका व्यक्तिहरूमा आँखाको समस्या बढी मात्रामा देखिए पनि सबै उमेर समूहका व्यक्तिलाई आँखाको समस्या हुनसक्ने विश्व स्वास्थ्य संगठनले बताएको छ।

नेपालमा अनुमानित एक लाख मानिस दृष्टिविहिन छन् भने दश लाखभन्दा बढी मानिस दृष्टिदोषको समस्याबाट ग्रसीत छन्। जसमा ६६ प्रतिशतको अन्धोपन उपचार गर्न सकिने किसिमका छन् ।

विश्वभर अन्धोपनाको मुख्य कारणमा मोतिविन्दु रहेको छ। मोतिविन्दु सम्बन्धी ६५ प्रतिशत घटना रहेको भेटिएका छन् । त्यसतै आँखाको नानीमा हुने अन्धोपना ६ प्रतिशत, जलविन्दु ५ प्रतिशत, दृष्टिदोष ४ प्रतिशत र अन्य ७ प्रतिशत रहेको छ।

आँखाले टाढा वा नजिकको वस्तु स्पष्ट देख्न नसक्नु, धमिलो देख्नु, टाउको दुख्नु, आँखा सानो पारेर हेर्नु आदि दृष्टिदोषका लक्षण हुन् । यो समस्या जो कोहीलाई पनि हुनसक्छ।

आँखाको समस्या हुनुमा मधुमेह रोग एउटा मुख्य कारक तत्वको रुपमा रहेको छ। विश्वमा प्रत्येक ८ जना आँखाको विरामी मध्ये एक जना मधुमेहका बिरमी रहेका छन्। नेपालमा पनि चारजना आँखाका बिरामीमध्ये एकजनामा मधुमेह रोग रहेको तथ्यांक रहेको छ।

#WorldSightDay 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर