पढ्न लाग्ने समय : 1 मिनेट
समाचारको छेउमा, स्वास्थ्य मन्त्रालयको कोरोना अपडेटमा लगायत धेरै भिडियोहरुमा छेउमा बसेर हातको ईशाराले सम्झाइरहेका सांकेतिक भाषा दोभाषेहरुलाई सम्झना गरौं, याद आयो नि ? यीनै सांकेतिक भाषा दोभाषेहरुले गर्दा समाचार या अन्य कुनै पनि सामाग्रीहरु समावेशी हुन्छन् र हामी लगायत सुस्त श्रवणहरुले पनि यी कुराहरु सहजै बुझ्न सक्नुहुन्छ । हरेक औपचारिक र अनौपचारिक भिडियो सामाग्रीहरु अनि सार्वजनिक भेला र अपडेट अनि सम्बोधनहरुलाई यसरी सांकेतिक भाषाका दोभाषेहरुको प्रयोगले र विज्ञताले सबैका लागि सहज र समावेशी बनाँउदछ । तिनै दोभाषेहरुको संकेतले समाचार बुझ्नलाई धेरैलाई सहयोग गर्दछ, आवाज नसुन्नेहरुका लागि आवाजको काम गर्दछ ।
विश्वभर ७ करोड भन्दा बढि मानिसहरु सुस्तश्रवण छन् र यिनीहरु मध्ये ८० प्रतिशत भन्दा बढि मानिसहरु विकासोन्मुख देशहरुमा बस्दछन् । समग्रमा भन्दा यी मानिसहरुले ३०० भन्दा बढि प्रकारका सांकेतिक भाषाहरु प्रयोग गर्दछन् हरेक वर्ष सेप्टेम्बर २३ का दिन विश्व सांकेतिक दिवस मनाउने गरिन्छ
तस्वीरमा, सन् १९७१ ताका बालमन्दिरका सुस्तश्रवण भएका विद्यार्थीहरूलाई पढाउँदै शिक्षिका पद्मा अर्याल ।
#InternationalDayofSignLanguages #signlanguageusers #oldphotoofNepal