पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
असोज २ जंगबहादुरले सत्ता हातमा लिएको दिन

पढ्न लाग्ने समय : 2 मिनेट

वि.सं. १९०३ असोज २ गतेको दिन नेपाली इतिहासमा ‘कोत पर्व’ नामक हत्या काण्डको रुपमा परिचित छ । जसले नेपालमा राजाको प्रत्यक्ष शासनलाई राणा शासनले राज गर्न थालेको थियो ।
नेपालको इतिहासमा यो ठुला हत्याकाण्डहरू मध्यको एक हो । वि.सं. १९०३ भदौ ३१ गते राति पूर्व महारानी राज्यलक्ष्मीको प्रिय पात्र तथा मन्त्रिपरिषद्का सदस्य गगन सिंह भण्डारीको रहस्यमय ढंगले गरिएको हत्यारा पत्ता लगाउन महारानीको आदेशले वि.सं. १९०३ असोज २ गते शनिबार राति सबै भारदारहरूलाई कोतको परिसरमा जम्मा हुने आदेश अनुसार कोतमा भेला भएका थिए ।

स्थिति चर्किदै हात हालाहाल तथा गोली हानाहान हुँदा अभिमानका साथसाथै त्यतिखेर नेपालका प्रधानमन्त्री फत्तेजङ्ग शाह, दलभञ्जन पाँडे लगायतका ४० जनाको हत्या भएको कोतको परिसरमा रगतको खोला बग्यो ।

गगनसिंहको हत्यारा पत्ता लगाउने सिलसिलामा एक अर्कामा भनाभन हुँदा जङ्गबहादुर राणाका मानिस युद्धवीर (राममेहर) अधिकारीद्धारा सर्वप्रथम अभिमानसिंह रानामगर मारिएपछि स्थिति चर्किंदै हात हालाहाल तथा गोली हानाहान हुँदा अभिमानका साथसाथै त्यतिखेर नेपालका प्रधानमन्त्री फत्तेजङ्ग शाह, दलभञ्जन पाँडे लगायतका ४० जनाको हत्या भएको कोतको परिसरमा रगतको खोला बग्यो । यस्तो विभत्स र दुस्खलाग्दो स्थितिको फाइदा उठाएर जङ्गबहादुर प्रधानमन्त्री बने र १०४ वर्षको राणा शासनको उदय भयो ।

यस पर्वमा चौतरिया, पाँडे खलक, थापा खलक, बस्न्यात खलक, विष्ट, भण्डारी, आदि कुलका भारदारहरू एक चिहान बने भने काण्ड मच्चाउने जङ्गबहादुर र उनका भाइहरू शक्तिशाली भएर उदाए । यस पर्व सँगै जङ्गबहादुरले सत्ता आफ्नो हातमा लिएर प्रधानमन्त्री बने र फलतः १०४ वर्षको एकलाैटी राणा शासनको उदय भयो ।

तस्वीरमा हनुमानढोकास्थित हत्याकाण्ड भएको स्थल, कोत घर । 

सन्दर्भ सामाग्री
विकिपिडिया
सामाजीक सञ्जाल

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर