'कान्छो दरबार' गोरखा तल्लो दरबारको कथा !

पढ्न लाग्ने समय : 3 मिनेट

वि.संं १८९६ सालमा बनेको गोरखास्थित तल्लो दरबारको मूलढोकामा काठमा कुँदिएको विष्णुको आकृति देख्न सकिन्छ । त्यही तोरणले नै बोलिरहेको छ दरबारको कथा ।

दरबार निर्माणको प्रयोजन राजेन्द्र विक्रम शाहका रानीहरु जेठी राम्राज्यलक्ष्मी र कान्छी लक्ष्मीदेवीको आफ्नै छोरालाई राजा बनाउने ढिपीसँग जोडिएको छ । वि.सं. १८९४ सालमा राजा राजेन्द्र विक्रमले भीमसेन थापालाई अपदस्थ गरेपछि सिर्जना भएको अन्योलको वातावरणले नै राजगद्दीमाथिको चलखेल बढेको थियो ।



रानीहरुबीचको त्यही लडाइँका बीचमा कान्छी महारानीले राजगद्दी उत्तराधिकारीको परम्परागत नियमलाई तोडेर आफ्नो छोरालाई देशको बागडोर दिन प्रपञ्च रच्न थालेकी थिइन् । उनले आफू हाबी भएको अवस्थामा छोरा रणेन्द्रबिक्रम शाहलाई राजा बनाउने र स्वभाविक राजगद्दीको उत्तराधिकार सुरेन्द्रविक्रम शाहलाई व्यवस्थापन गर्नका लागि नै पुर्ख्याैली थलो गोरखामा लगेर राख्ने भन्ने योजनाका साथ यो दरबार बनेको हो ।

कान्छी महारानीको षड्यन्त्र सफल हुन भने सकेन । वि.सं. १९०३ सालमा कोत पर्व भएपछि घटनाक्रम फरक ढंगले विकसित हुने परिस्थिति देखापर्‍यो र सुरेन्द्रविक्रमलाई राजा नबनाउने प्रपञ्च तुहिएसँगै गोरखा तल्लो दरबार निर्माणको प्रयोजन पनि सकियो ।

१९०३ सालमा शक्तिमा आएका जङ्गबहादुर युरोप भ्रमणमा गएर फर्किएपछि उनले युरोपेली शैलीकै दरबारलाई नेपालमा बनाउन प्रोत्साहित गरे । त्यसपछि नै नेपालमा परम्परागत शैलीका दरबार नबनेका कारण गोरखा तल्लो दरबार नै नेपालको वास्तुकलाको इतिहासमा परम्परागत शैलीको सबैभन्दा कान्छो दरबार हो ।

जब सुरेन्द्र विक्रमलाई राख्ने प्रयोजनले बनाइएको दरबारको प्रयोजन सकियो तब राणा कालमा प्रमुख प्रशासनिक अड्डाका रुपमा प्रयोग गरियो । वि.सं. २०४२ सालमा गोरखा दरबार संरक्षण परियोजना सञ्चालन नहुँदासम्म दरबारमा जिल्लाका महत्वपूर्ण सरकारी अड्डाहरु रहेका थिए । त्यसैले कतिपय स्थानीय बासिन्दा अहिलेसम्म पनि तल्लो दरबारलाई अड्डाकै नामले चिन्छन् । अफिसहरु विस्तारै बाहिर सार्दै लगेपछि दरबारको मौलिक स्वरुप बचाइराख्न मद्धत पुगेको थियो ।


त्यसले गर्दा नै दरबारले आफ्नो मौलिकता गुमाउने डर बढिरहेको थियो । गोरखा दरबार संरक्षण परियोजनाको कामपछि दरबारको मौलिकता जोगाउन सहयोग पुग्यो । गोरखा दरबार संरक्षण परियोजनाले माथिल्लो दरबारका साथै तल्लो दरबारसम्मको काम वि.सं. २०५८ सालमा पूरा गर्‍यो । परियोजनाको काम सकिएपछि नै पृथ्वी स्मृति संग्रहालयका रुपमा विकास गर्ने काम अघि बढेको थियो । तर राजनीतिक घटनाक्रमका कारण नाममा उठेका सवालले गोरखा संग्रहालयका नाममा सर्वसाधरणका लागि समेत ०६५ सालमा दरबार खुला भयो ।

यो पनि पढ्नुहोस् केही राणाकालीन दरबारहरू

सन्दर्भ सामाग्री
विकिपिडिया
अनलाइनखबर
ऋग्वेद शर्मा
फोटो म्यूजियम नेपाल

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. ३ दशकअघि दशरथ रंगशालामा भागदाैडमा परि ९३ जना खेलप्रेमीले ज्यान गुमाए
  4. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  5. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  6. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  7. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर
  10. जङ्गबहादुर राणाको तलब कति थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।