नेपालमा जनगणना

पढ्न लाग्ने समय : 8 मिनेट

नेपालमा सर्वप्रथम विक्रम संवत् १९६८ देखि विधिवत रूपमा राष्ट्रिय जनगणना सुरू भएको थियो। तर यस अगाडि प्रधानमन्त्री जंगबहादुरले ३ वर्ष लगाएर नेपालको पहिलो जनगणना गराएको इतिहास छ। उनले विसं १९१०, १९११ र १९१३ मा जनगणना गराएका थिए। त्यस गणनाको प्रतिवेदन नेपाली कागजमा हस्तलिखित रूपले तयार पारिएको थियो। तीन भागमा बनाइएका ती अभिलेखमध्ये एकमा प्रतिवेदन तयार पार्नेको नाम कप्तान सतराम खत्री र सुवेदार जगतबहादुर खत्री उल्लेख छ। उक्त जनगणना प्रतिवेदनमा नेपालका जिल्ला संख्या ३३ भएको जनाइएको थियो।

नियमित र प्रणालीगत रूपमा जनगणना प्रधानमन्त्री चन्द्र शमशेरको समयमा सुरू भएको विक्रम सम्वत् १९६८ साल (सन १९११) देखि हो। यसपछि हरेक दश-दश वर्षमा नेपालको जनगणना गरिंदै आएको छ। वि.संं १९६८ सालको जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या ५६,३८,७४९ थियो।  

राष्ट्रिय जनगणना १९६८ नेपालमा गरिएको पहिलो जनगणना हो। यो जनगणनाले देशव्यापी रूपमा तथ्याङ्क सङ्कलन गरेको थियो। यस जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या ५६,३८,६४९ रहेको थियो भने जनसङ्ख्या वृद्धिदर ऋणात्मक थयो। यस जनगणनामा घरमुलीको अचल सम्पत्ति र चौपाया सम्बन्धि विवरणबाहेक जनगणनामा हुनुपर्ने सामाजिक, आर्थिक,व्यक्तिगत र जनसांख्यिक विशेषताहरूलाई समेट्न सकेको थिएन जसका कारण यस जनगणनालाई वैज्ञानिक मानिएको छैन्। यो टाउकाको गणनामा (Head count) मात्र सिमित छ।

राष्ट्रिय जनगणना १९७८(१९२०) नेपालमा गरिएको दोस्रो जनगणना हो। यो जनगणनाले देशव्यापी रूपमा तथ्याङ्क सङ्कलन गरेको थियो। यस जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या ५५,७३,७८८ रहेको थियो भने जनसङ्ख्या वृद्धिदर(-०.१३) ऋणात्मक थयो।

यस जनगणनामा घरमुलीको अचल सम्पत्तिर चौपाया सम्बन्धि विवरण बाहेक जनगणनामा हुनुपर्ने सामाजिक, आर्थिक,व्यक्तिगत र जनसांख्यिक विशेषताहरूलाई समेट्न सकेको थिएन जसका कारण यस जनगणनालाई पनि वैज्ञानिक मानिएको छैन्। यो टाउकाको गणनामा (Head count) मात्र सिमित छ।

राष्ट्रिय जनगणना १९८८(१९३०) नेपालमा गरिएको जनगणना हो। यो जनगणनाले देशव्यापी रूपमा तथ्याङ्क सङ्कलन गरेको थियो। यस जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या ५५,३२,५७४ रहेको थियो भने जनसङ्ख्या वृद्धिदर(-०.०७) ऋणात्मक थयो।

यस जनगणनामा घरमुलीको अचल सम्पत्तिर चौपाया सम्बन्धि विवरणबाहेक जनगणनामा हुनुपर्ने सामाजिक, आर्थिक,व्यक्तिगत र जनसांख्यिक विशेषताहरूलाई समेट्न सकेको थिएन जसका कारण यस जनगणनालाई वैज्ञानिक मानिएको छैन। यो टाउकाको गणनामा (Head count) मात्र सिमित छ।

राष्ट्रिय जनगणना १९९८(१९४१) नेपालमा गरिएको जनगणना हो। यो जनगणनाले देशव्यापी रूपमा तथ्याङ्क सङ्कलन गरेको थियो। यस जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या ६२,८३,६४९ रहेको थियो भने जनसङ्ख्या वृद्धिदर ऋणात्मकबाट (१.१६ )धनात्मकतिर गएको थियो।

यस जनगणनामा पनि घरमुलीको अचल सम्पत्तिर चौपाया सम्बन्धि विवरण बाहेक जनगणनामा हुनुपर्ने सामाजिक, आर्थिक,व्यक्तिगत र जनसांख्यिक विशेषताहरूलाई समेट्न सकेको थिएन जसका कारण यस जनगणनालाई पनि वैज्ञानिक मानिएको छैन्। र यो पनि टाउकाको गणनामा (Head count) मात्र सिमित छ।

राष्ट्रिय जनगणना २००८ नेपालमा गरिएको जनगणना हो। यो जनगणनाले देशव्यापी रूपमा तथ्याङ्क सङ्कलन गरेको थियो। सन् १९५२-५४ मा भएको जनगणना नेपालको जनगणनाको इतिहासमा पाचौँ जनगणना भएपनि पहिलो आधुनिक जनगणना भने यहि नै हो। यसले संयुक्त राष्ट्रसंघले सिफारिस गरे बमोजिमका जनसङ्ख्याका बहुआयामिक विशषताहरूलाई समेटिएको थियो। तर सो जनगणना प्राबिधिक कठिनाईका कारण दुइ पटक गरेर पूर्वी क्षेत्रमा सन् १९५२ मा पश्चिम क्षेत्रमा सन् १९५४मा सञ्चालन गरिएको थयो।

सन् १९५२-५४को जनगणना अनुसार नेपालको जनसङ्ख्या ८२,५६,६२५ थियो। यो जनसङ्ख्या अघिल्लो जनसङ्ख्याको तुलनामा अत्याधिक र अस्वभाविक वार्षिक २.३० का दरले बृद्धि भएको देखिन्छ।

राष्ट्रिय जनगणना २०१८(१९६१) नेपालमा गरिएको छैटौँ जनगणना हो। यो जनगणनाले देशव्यापी रूपमा तथ्याङ्क सङ्कलन गरेको थियो। यस अनुसार नेपालको जनसङ्ख्या ९४,१२,९९६ थियो भने वार्षिक जनसङ्ख्या वृद्धिदर १.६४ थियो। 

त्यस्तै नेपालमा वि.सं. २०२८, २०३८, २०४८ मा देशव्यापी रूपमा तथ्याङ्क संङ्कलन भएको थियो ।



दशौँ राष्ट्रिय जनगणना २०५८ नेपालको केन्द्रीय तथ्याङ्क विभागद्वारा गरिएको देशव्यापी गणना हो। जनगणना अनुसार, वि.सं. २०५८ (सन् २००१) मा नेपालको जनसङ्ख्या २,३१,५१,४२३ थियो। यो जनगणनामा हरेक जिल्ला भित्रमा शहरहरू र गाउँहरूमा जिल्ला तहबाट गाउँ विकास समिति तहसम्म गरिएको थियो। गणना गर्दा जनसङ्ख्याको आकार, घरधुरी, लिङ्ग, उमेर वितरण, जन्मस्थान, वैवाहिक स्थिति, वसोवासको किसिम, साक्षरता, धर्म, बोल्ने भाषाहरू, जात/समुदाय, आयको हिसाबले सक्रिय जनसङ्ख्या, शिक्षा, बच्चाको सङ्ख्या, रोजगारको स्थिति, र पेसा जस्ता विभिन्न विवरणहरू समेत सङ्कलन गरिएको थियो।



राष्ट्रिय जनगणना २०६८ नेपालमा गरिएको एघारौँ जनगणना हो। यस जनगणनाले देशव्यापी रूपमा तथ्याङ्क सङ्कलन गरेको थियो। राष्ट्रिय जनगणनाको अन्तिम प्रतिवेदन अनुसार नेपालको जनसङ्ख्या २ करोड ६४ लाख ९४ हजार पाँच सय चार पुगेको छ ।

केन्द्रीय तथ्यांक विभागले प्रकाशित गरेको राष्ट्रिय जनगणना २०६८ को प्रारम्भिक नतिजा अनुसार नेपालको जनसङ्ख्या २,६६,२०,८०९ जना पुगेको देखिन्छ, जुन दश वर्षअघि (२०५८ साल) को जनसङ्ख्या २,३१,५१,४२३ को तुलनामा ३४,६९,३८६ ले बढी देखिन्छ। यसरी दश वर्षमा नेपालको जनसङ्ख्या १४.९९ प्रतिशत बढेको देखिन्छ। विगत दश वर्षको सरदर वार्षिक वृद्धिदर (Exponential Growth) १.४० प्रतिशत देखिन्छ। वि.सं. २०४८ देखि २०५८ सम्मको दश वर्षमा सरदर वार्षिक जनसङ्ख्या वृद्धिदर २.२५ प्रतिशत रहेको थियो।

राष्ट्रिय जनगणना २०६८ को प्रारम्भिक नतिजामा जम्मा जम्मी ४७,६७,१९६ वटा घर/भवन वा आवासीय संरचनाहरू देखिएका छन्। ती घर वा आवासीय संरचनामा जम्माजम्मी ५६,५९,९८४ परिवार बसोबास गरेका देखिन्छन्। दश वर्षअघिको परिवार सङ्ख्या ४२,५३,२२० थियो। यसप्रकार विगत १० वर्षमा कुल १४,०६,७६४ परिवार थप भएको देखिन्छ। २०६८ सालमा परिवार र घरको अनुपात १:१.१९ रहेको छ; जसको अर्थ प्रत्येक १०० वटा घर/भवन वा आवासीय संरचनामा औसतमा ११९ परिवारहरू बसोबास गर्दछन्। जनगणना २०६८ को अन्तिम नतिजा अनुसार नेपालको कुल जनसङ्ख्या २,६४,९४,५०४ पुगेको छ।

राष्ट्रिय जनगणना २०७८ कार्तिक २५ देखी मंसिरसम्म सञ्चालन गर्ने तालिका राष्ट्रिय योजना आयोगले निर्धारण गरेको छ । 

यो पनि  जंगबहादुरको पालामा भएको जनगणना, वि.संं १९१३ सालमा थिमीमा थिए ३ वटा पान पसल

#censusnepal

सन्दर्भ सामाग्री
विकिपिडिया
सामाजीक सञ्जाल
केन्द्रीय तथ्याङ्क विभाग

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. ३ दशकअघि दशरथ रंगशालामा भागदाैडमा परि ९३ जना खेलप्रेमीले ज्यान गुमाए
  4. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  5. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  6. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  7. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर
  10. जङ्गबहादुर राणाको तलब कति थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।