पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
त्रिचन्द्र कलेज र घन्टाघरको पुनर्निर्माण हुने

पढ्न लाग्ने समय : 4 मिनेट

देशको सबैभन्दा पुरानो क्याम्पस त्रिचन्द्र कलेज र त्यहाँ रहेको घन्टाघरलाई ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निर्माण गरिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद् मा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयक अन्तर्गत आर्थिक वर्ष २०७८/७९ को संशोधित बजेटमार्फत त्रिचन्द्र कलेज र घन्टाघरलाई ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निर्माण गर्ने प्रबन्ध गरिने घोषणा गरेका हुन्।  



विश्व विद्यालयहरूलाई पूर्वाधार विकाससहित अनुसन्धान केन्द्रका रूपमा विकास गरिने अध्यादेशमा उल्लेख छ। नारायणहिटी दरबार संग्रहालयमा ‘रामापिथेकस’ देखि देशको सम्पूर्ण कालखण्ड झल्किने ऐतिहासिक प्रतिमा राखेर शासकीय संग्रहालयका रूपमा विकास गर्ने अध्यादेशमा उल्लेख छ। ‘नारायणहिटी दरबार संग्रहालय परिसरमा रामापिथेकसदेखि देशको सम्पूर्ण कालखण्ड झल्किने गरी ऐतिहासिक शासकीय संग्रहालयको निर्माण प्रारम्भ गरिनेछ,’ अध्यादेशमा भनिएको छ।

त्यस्तै योगमायादेखि हालसम्मका सहिद, नेपालको ऐतिहासिक जनआन्दोलन तथा जनयुद्ध र मधेश आन्दोलन लगायतमा नेतृत्व गर्ने राजनीतिज्ञको इतिहास समेटेर संग्रहालय निर्माण गरिने भएको छ। ‘संग्रहालय निर्माण प्रारम्भ गर्न आवश्यक बजेट विनियोजन गरेको छु,’ अध्यादेशमा उल्लेख छ, ‘नेपालको धर्म, संस्कृति, परम्परा प्रदर्शित हुने गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्न धार्मिक संग्रहालय स्थापना गरिनेछ।’

चौथो राणा प्रधानमन्त्री चन्द्र शमशेरका पालामा वि.सं. १९७५ मा नेपालको पहिलो उच्च शिक्षा दिने संस्था त्रिचन्द्र कलेजको स्थापना भएपछि नै नेपालमा विधिवत् उच्च शिक्षाको इतिहास आरम्भ भएको हो। तत्कालीन राजा त्रिभुवन र प्रधानमन्त्री चन्द्र शमशेरको पालामा शिलान्यास भएबाट स्थापनाताका यस संस्थाको नाम 'त्रिभुवन चन्द्र कलेज' भएता पनि वि.संं १९८१ बाट यसलाई 'त्रिचन्द्र कलेज' मात्र भन्न थालियो। २०३०को 'नयाँ शिक्षा' पछि त यस ऐतिहासिक क्याम्पसको नाम 'त्रिभुवन क्याम्पस' हुन पुगेको थियो ।

वि.सं. १९७६ भदौ ५ बाट विधिवत् त्रिचन्द्रमा आई-ए र आई.एस्सीको अनि वि.सं. १९८१ देखि बी.ए र २००४ सालदेखि बी.एस्सीको पठनपाठन शुरु भएको हो। तर २०१६ सालमा नेपालको आफ्नै विश्वविद्यालय नखुल्दासम्म यस त्रि-चन्द्रको सम्बन्धन पटना विश्वविद्यालयसँग रहेकोले नेपाली विद्यार्थीहरूको परीक्षा लगायत यथावत शैक्षिक औपचारिकता सोही विश्वविद्यालयबाट हुन गयो। जेहोस् यस त्रिचन्द्र कलेजले पुस्कर शमशेर जबरा, बालकृष्ण शमशेर, सुवर्ण शमशेर, लक्ष्मीप्रसाद देवकोटा, शङ्करदेव पन्त, डिल्लीरमण रेग्मी, यदुनाथ खनाल, गोपालप्रसाद रिमाल, रामराज पन्त, तुलसीलाल अमात्य, गङ्गालाल श्रेष्ठ, गिरिजाप्रसाद कोइराला, महेशचन्द्र रेग्मी, लिलानटेश्वर 'बराल', भूवनलाल जोशी, कमलमणि दीक्षित, मोहम्मद मोहसिन जस्ता प्रखर एवं मेधावी विद्यार्थीहरूको उच्च शिक्षाको प्रस्थान बिन्दु यही त्रि-चन्द्र थियो । 


वीरशमशेरकालीन  घण्टाघर । 

राणा शासनका सातौँ प्रधानमन्त्री वीर शमशेरले वि.सं. १९५१ मा घण्टाघरको स्थापना गरेका थिए जुन वि.संं १९९० साल माघ २ गतेको भूकम्पमा ध्वस्त भयो भने जुद्ध शमशेरको पालामा नयाँ स्वरूपमा पुनः निर्माण भयो । 

सन्दर्भ सामाग्री
विकिपिडिया
नागरिकज्यूज
मदन पुरस्कार पुस्तकालय
सामाजीक सञ्जाल

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर