पढ्न लाग्ने समय : 2 मिनेट
अन्तर्राष्ट्रिय साक्षरता दिवस प्रत्येक वर्ष सेप्टेम्बर महिनाको ८ तारिखका दिन मनाइन्छ ।
‘मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता’ भन्ने नाराका साथ विश्वभर आज ५५ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ ।
नेपालमा तत्कालिन राजा विरेन्द्रले विक्रम सम्वत २०३९ साल फागुन १२ गतेको दिनमा प्राथमिक तहको शिक्षा निःशुल्क घोषणा गरेका दिन देखी हरेक वर्ष फागुन १२ गते शिक्षा दिवस मनाइदै आएको थियो भने गणतन्त्रको घोषणा भएसँगै अन्तर्राष्ट्रिय शाक्षरता दिवसकै दिनमा मनाउन थालिएको हो ।
अहिलेसम्म नेपालका ५४ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । झण्डै ६८ प्रतिशत नेपाली नागरिक साक्षर रहेको पछिल्लो तथ्याङ्क छ । अझै २३ वटा जिल्ला साक्षर घोषणा हुन बाँकी छन् ।
काठमाण्डौसहित ताप्लेजुङ, सोलुखुम्बु, सप्तरी, सिराहा, धुनषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, कपिलबस्तु, बाँके, मुगु, जुम्ला, हुम्ला, कालिकोट, डोल्पा, कैलाली, कञ्चनपुर, डोटी, बाजुरा र बझाङ जिल्ला साक्षर घोषणा हुन बाँकी छन् ।
कोरोना भाइरसको जोखिमका कारण अभियान प्रभावकारी हुन नसकेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । सरकारले साक्षरता अभियान घोषणा गरे पनि यसलाई प्रभावकारी बनाउन नसकेको शिक्षाविद्को टिप्पणी छ । व्यक्तिलाई पूर्ण साक्षर नबनाइ घोषणा गर्दा निरक्षर नागरिकको संख्या बढ्न थालेको छ ।
सन्दर्भ सामाग्री
स्टीभ रिचर्ड ड्वेल