पढ्न लाग्ने समय : 1 मिनेट
विक्रम संवत् १९६० मा सिंहदरबारको ढोका पनि बनिसकेपछि महाराज (चन्द्रशमशेर) लाई अलि अप्ठेरो परेछ किनभने शहरबाट सिंहदरबार आउने जाने बाटो भद्रकालीबाट बनाउनुपर्ने थियो तर भद्रकाली र सिंहदरबारका बीचमा गहिरो खेत थियो त्यसैले ओरालो र उकालो हुने भयो त्यो बाटो, दरबार सुहाउँदो पटक्कै भएन !
अनि इन्जीनियरहरूले दिमाग खियाए र त्यहाँ यौटा पुलबाटो तयार पार्ने योजना गरे। केही बढी खर्च लाग्ने भए पनि श्री ३ महाराजले त्यो स्वीकार गरे। अनि बन्यो त्यो 'कजवे'। इन्जीनियरहरूले अर्को जुक्ति पनि निकाले, त्यो पुलबाटो मुन्तिर गोदामहरू बनाइदिने– एक पन्थ दुई काज ! त्यसबाट महाराजलाई अर्को पनि फाइदा भयो, उनको दरबार अगाडिबाट सर्वसाधारण (दुनियाँदारहरू) ले डिल्लीबजार–थापाथली आवतजावत गर्नु परेन, मूलढोका अगाडि त्यो पुल–बाटो मुन्तिर जनताको बाटो बन्यो, जनपथ ! त्यो 'जनपथ' कायमै थियो सात सालसम्म, नेपालमा प्रजातन्त्र नआउञ्जेल ! सिंहदरबारभित्र जानेहरू र राणा उच्च पदाधिकारीहरू बाहेकका पैदल यात्रुहरू सबै त्यही पुलमुनिको बाटोबाटै हिंड्नुपर्थो ।
यो पनि पढ्नुहोस् ००७ सालअघि सिंहदरबार प्रवेश गर्ने पास
सन्दर्भ सामाग्री
कमल दीक्षित
नेपाल हिमाल
मदन पुरस्कार पुस्तकालय