पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
त्यो बेलाको सिंहदरबार प्रवेश गर्ने पास

पढ्न लाग्ने समय : 3 मिनेट

वि सं १९६० मा राणा प्रधानमन्त्री चन्द्रशमशेरले निर्माण गरेको सिंहदरबारमा लामो समयसम्म सर्वसाधारणको प्रवेश सहज थिएन। उपत्यका प्रवेशका निम्ति समेत चिसापानी गढीमा प्रवेश पास देखाउनुपर्ने चलनको अन्त्य ००७ सालपछि मात्रै भयो।  

विसं १९८९ देखि ००२ सम्म प्रधानमन्त्री रहेका जुद्धशमशेरको पालामा जारी गरिएको नेपाली कागजको प्रवेश पासमा सिंहदरबार छिर्दा पालना गर्नुपर्ने नियमको फेहरिस्त छ। महिनाको दुईवटा शुक्रबार सिंहदरबार छिर्नका निम्ति जारी गरिएको पासमा क-कसलाई भित्र लैजान पाइन्छ र क-कसलाई लैजान पाइँदैन भन्ने उल्लेख छ। 

यो पनि पढ्नुहोस्  २००७ सालअघि सिंहदरबारको मुलढोका अगाडीबाट हिँड्न पाइन्नथ्यो !

उक्त पासमा 'प्रवेशबाहकले आफ्ना नातेदारका मानिस र आफ्नै घरका नोकर्नीलाई सिंहदरबार छिराउन सक्ने तर अन्त ढोका चहारेकी नोकर्नीलाई ल्याउन नमिल्ने' उल्लेख छ। इतिहासकार दिनेशराज पन्त तत्कालीन समाजमा एउटै घरमा लामो समय काम नगरी घर परिवर्तन गर्ने 'नोकर्नी'लाई सामाजिक रूपमा राम्रो दृष्टिले नहेरिने प्रचलन रहेको बताउँछन्। भन्छन्, "यो पास सामन्ती सामाजिक व्यवस्थाको एउटा प्रमाण हो।"

निश्चित चाडबाड बाहेकका दिनमा सिंहदरबार छिर्न नपाइने र त्यस्तो दिन आवश्यक बिन्ती बिसाउन अनिवार्य भए हजुरयिा जर्नेल (दरबारका सचिव जस्तै पद)लाई पत्र लेखेर उनको अनुमति प्राप्त गरेपछि मात्रै छिर्न सकिने प्रवेश पासमा उल्लेख छ। इतिहासकार पन्त भन्छन्, "यो पत्रले तत्कालीन समाजमा रहेको प्रचलनको प्रमाण दिन्छ।"

पत्रवाहक डुलकुमारी राणाकालका विभिन्न चरणमा प्रधानमन्त्री रहेका चन्द्रशमशेर र भीमशमशेरका मामा केशरसिंहकी नातिनी-बुहारी हुन्। केशर सिंह विसं १९४२ को रणोद्दीप शाह हत्याकाण्डमा पनि मुछिएका थिए। इतिहासकारहरूका अनुसार थीरशमशेर थापा हेमदल थापाका सन्तान हुन्। राणाकालमा र त्यसपछिको लामो समयसम्म पनि शमशेर थापा र जंग थापाहरूको बसोबास कमलपोखरीदेखि नक्सालसम्म फैलिएको थियो।

इतिहासकारहरूले बताए अनुसार राणाकालमा सिंहदरबार छिर्नु सजिलो थिएन्। राणा दरबारका विश्वासपात्रले मात्रै त्यस्तो अवसर पाउँथे। सिंहदरबारको ढोकाको दुई छेउमा रहेको खोपामा पानी परेका बेला वा घाम लागेका बेला मान्छेहरू थुप्रिन्थे। त्यसै गरी दरबारमा बिन्ती बिसाउन जानेहरू पनि त्यहाँ उभिएका हुन्थे। ती मध्ये अधिकांश भने दरबारका चाकडीबाज नै हुन्थे। बफादारी प्रमाणित भएपछि मात्रै तिनीहरू भित्र छिर्न पाउँथे। पहिलो चरणमा तिनीहरूको प्रवेश बगैँचा र हदै भए पटांगिनीसम्म मात्रै हुन्थ्यो र बिस्तारै पहिलो चोक हुँदै उनीहरू दरबारको मूल ढोकासम्म पुग्न पाउँथे। इतिहासकार पन्त भन्छन्, "यो प्रवेश पासले शासकहरू र जनताबीचको सम्बन्ध कसरी सीमित तुल्याइएको थियो भन्ने बुझाउँछ।"

सन्दर्भ सामाग्री
जनकराज सापकोटा
नेपाल साप्ताहिक
वरदान शम्शेर थापा

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर