पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
सगरमाथा चढ्न खाेज्नेले पैसा बाेक्न छुट्टै भरिया लानुपर्दथ्याे

पढ्न लाग्ने समय : 3 मिनेट

करिब ७ दशकअघि सर्वाेच्च शिखर आराेहणकाे प्रयास गर्न जानेले धातुका सिक्का (मुद्रा) नै लैजानुपर्दथ्याे । हिमाली भेगका बासिन्दाले कामकाे ज्याला र सामान खरिदबिक्री बापत कागजी नाेटमा काराेबार नै गर्दैनथे ।
तेञ्जिङ नाेर्गे र एडमण्ड हिलारीले पनि आफ्नाे आराेहण दलमा केही भरियाहरुलाई सिक्का बाेकाएरै लगेका थिए ।


सन् १९५३ मा सगरमाथा आरोहण दलका सामानहरू सगरमाथा क्षेत्रमा पुर्याउन बनेपा शहर नजिकै जम्मा भएका नेपाली भरियाहरू । 


नेपाली मुद्रा र कागजी नोट

नेपालमा सर्वप्रथम मुद्राको प्रचलन लिच्छवीकालिन राजा मानदेवबाट भएको थियो । उनले प्रचलनमा ल्याएको मुद्रालाई मानांक भनिन्थ्यो । उनी पछिका अन्य राजा अंशुवर्मा, नरेन्द्रदेव लगायतले पनि यसलाई निरन्तरता दिए । जसले वस्तु विनिमयलाई सहज बनायो । त्यतिबेला माटोका तथा छालाबाट पनि मुद्रा बनाइन्थ्यो । तर पछि यसमा सुधार आउन थालेको इतिहास छ । मल्लकालिन राजा महिन्द्र मल्लले सर्वप्रथम चाँदीको मुद्रा प्रचलनमा ल्याए । जसलाई महिन्द्र मल्ली भनिन्थ्यो । नेपालमा कागजी नोटको शुरु भने निकै पछि मात्र भएको थियो । वि.सं. २००२ मा यसको शुरुवात भयो ।

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमसेर जबरा हुन् । तर नेपालको पहिलो कागजी नोटमा उनको हस्ताक्षर छैन् । पहिलो कागजी नोटमा हस्ताक्षर गर्ने जनकराज पण्डित हुन् । उनी नेपाल सरकार सदर मुलुकी खानाका खजाञ्ची थिए । उनको पालामा ५, १० र १ सय मोरु निष्काशन भएको पाइन्छ ।

नेपालमा पहिलो पटक वि.सं. २००२ असोज १ गते कागजी नोट प्रचलनमा आएको थियो । नेपाल राष्ट्र बैंक स्थापना हुनु भन्दा पहिले तीन जना खजाञ्चीहरू जनकराज पण्डित, भरतराज पण्डित र नरेन्द्रराजका समयमा नेपाली कागजका नोटहरू जारी भएका थिए । वि.सं. २००९ मा नरेन्द्रराजको पालामा मोरु १ निष्काशन भयो । २०१३ सालमा नेपाल राष्ट्र बैंक स्थापना हुनु भन्दा पहिले नेपाली नोटलाई मोरु (मोहर रुपैयाँ) भनिन्थ्यो भने यहाँ समानान्तर रूपमा भारु चल्थ्यो । नेपाली मुद्राको चलन चल्ती बढाउने ऐन, २०१४ आएपछि नेपालमा नेपाली मुद्राको कारोबार बढाउने नीति लिइयो भने यसलाई २०१७ साल बैशाख १ गतेबाट देशका प्रमुख भागहरूमा लागू गरियो ।

यो पनि पढ्नुहोस् देश दाैडाहा, सरकारी काम कारबाही र परिस्थितिको अनुगमन

वि.सं. २०२६ मा पहिलो पटक १ हजार रुपैयाँको नोट निष्कासन भयो भने वि.सं. २०२८ मा ५ सय रुपैयाँको नोट निष्काशन भयो । २०१७ साल वैशाख १ गते १०० भारुको विनिमयदर १६० रूपैयाँ नेपाली रूपैयाँ तोकिएको हो । विदेशी विनिमय नियन्त्रण गर्ने ऐन २०१९ को वि.सं. २०२३ बाट पूर्ण रूपमा कार्यान्वयनपछि नेपालभर नेपाली रूपैयाँ मात्र कानुनी रूपमा ग्राह्य हुने व्यवस्था भएको हो । नेपाल राष्ट्र बैंक मार्फत छापिएका कागजी नोटहरू वि.सं. २०१६ साल फागुन ७ गतेबाट प्रचलनमा ल्याउन थालिएको हो ।

सन्दर्भ सामाग्री

Alfred Gregory
सरदार भीम बहादुर पाँडे
त्यसबखतको नेपाल
केन्द्रबिन्दु

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर