पढ्न लाग्ने समय : 3 मिनेट
राष्ट्रिय जनगणना वि.संं २०६८ का अनुसार नेपालको कुल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ मध्ये शहरी क्षेत्रमा करिब १७ र ग्रामीणमा ८३ प्रतिशतको बसोबास थियो । यसरी हेर्दा नेपालको शहरीकरणको गति मन्दै देखिन्थ्यो । स्थानीय तहको पुनर्संरचनापछि हाल मुलुकमा रहेका ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकामा बसोबास गर्नेको सङ्ख्या विगतको तुलनामा ह्वात्तै बढेको छ । नेपालमा यी नगरक्षेत्रमा बस्नेलाई शहरी र हालका ४६० गाउँपालिकामा बस्नेलाई ग्रामीण जनसङ्ख्या भनिने गरेकाले अहिले शहरी जनसङ्ख्या ५९.९ प्रतिशत पुगेको छ । ग्रामीणको तुलनामा शहरी क्षेत्र विकसित हुने भएकाले यतापट्टि मानिसको बसाइँसराइ बढ्दो देखिन्छ । प्रमुख शहर, बजार, सदरमुकाम तथा पर्यटकीय गन्तव्यहरू आधुनिक भाैतिक संरचाना निर्माण तीव्रतर रूपमा बढिरहेको छ जसका कारण प्राचीन सम्पदा तथा बस्तीहरू को स्वरूप नै फेरिएका छन् । खेती योग्य जमिनमा भाैतिक संरचनाहरू ढडिन थालेका छन् भने नदीहरूको चाैडाइ साँघुरिएका छन् । खर तथा फुसका छाना भएका घरहरू पुराना तस्बिरमा सिमित हुँदा कंक्रिटको जंगलमा नेपालका प्रमुख शहर तथा बजारहरू रूपान्तरित हुने क्रमले तिव्रता पाएको छ ।
हेराैँ केहि प्रतिनिधिमुलक तुलनात्मक तस्बिरहरूः
▲हिलेबजार, धनकुटा, वि.संं २०२७ र २०७६
▲ पोखरा , वि.संं २०२१ र २०७४
▲गाबहाल, ललितपुरस्थित सिद्धिलक्ष्मी (पूर्णचण्डी )मन्दिर । वि.संं २०२१ र २०७८
▲गंगापूर्ण ताल, मनाङ । वि.संं २०३५ र २०७८
▲साँखु, काठमाण्डाै । वि.संं २०३५ र २०७६
▲आकाशबाट हेर्दा त्रिपुरेश्वर लगायतका क्षेत्र। वि.संं २०२३ र २०७७
▲फाप्लु, सोलुखुम्बुको ठुलो घर । वि.संं २०२५ र २०७६
▲नारायणघाट/नारायणगढ । वि.संं २०२१ र २०७८
▲झारकोट, मुस्ताङ । वि.संं २०३९ र २०७६
▲बाैद्ध क्षेत्र । वि.संं २०२४ र २०७८
▲न्यूरोड, काठमाण्डाै । वि.संं २०२४ र २०७७
सन्दर्भ सामाग्री
Photo Museum Nepal