पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
अगष्ट २६, अन्तर्राष्ट्रिय कुकुर दिवस

पढ्न लाग्ने समय : 2 मिनेट

आज अन्तर्राष्ट्रिय कुकुर दिवस। परापूर्वकालदेखि नै मानवजातिको साथी बनेको कुकुर सबै मुलुकमा घरपालुवाका रूपमा मानवसँग बस्दै आएको छ । कुकुर संसारको सबैभन्दा लोकप्रिय पाल्तु जनावर हो ।

भनिन्छ हजारौं वर्षअघिदेखि नै संसारमा कुकुरहरू विद्यमान छन् । झन्डै ईशापूर्व १० हजार साल पहिलादेखि । कुकुरको मूल विशेषता यही हो कि यो भुक्न सक्छ, आक्रमण गर्न सक्छ । कुकुर मालिकभक्त पनि हुन्छ । मालिकको लागि ज्यानै दिने कुकुरहरू पनि पाइन्छन् ।

कुकुरका झन्डै सात सय एक विशुद्ध प्रजातिहरू पाइन्छन् । मिस्कट र भुस्याहा जाति प्रजाति भने थुप्रै हुन्छन् । हजारौं । झन्डै दुई सय पचास प्रजातिका कुकुरहरू घरमा पाल्नका लागि योग्य मानिन्छन् । अफगान हाउन्ड, अकिता, अलास्कन मलाउमट, अस्ट्रेलियन कैटल, अस्ट्रेलियन केल्पी, अस्ट्रेलियन सिल्की टेरियर, एल्सेसियन, बीगल, बेल्जियन सेर्फड, जर्मन सेर्फड, ब्लड हाउन्ड, बक्सर, बि्रटिस बुलडग, शिहुआहुवा, जर्मन प्वाइन्टर, डोवरम्यान, ल्याबराडोर प्यापिलन, माल्टेज, पमेरियन, पुडल, साइबेरियन हस्की, तिब्बती स्पानियल, गोल्डन रिटि्रवर, ग्रेट डेन, आइरिस सेटर, आइरिस वुल्फहाउन्डजस्ता प्रजातिका कुकुरहरू विश्वका सर्वाधिक लोकपि्रय प्रजातिहरू मानिन्छन् । बोर्डर कोली, पुडल र गोल्डन रिटि्रवर सबैभन्दा समझदार कुकुर मानिन्छन् । अफगान हाउन्ड भने सबैभन्दा मूर्ख र ल्वाँदे कुकुर मानिन्छ ।

पशु अधिकारकर्मी तथा अधिवक्ता Colleen Paige ले पहिलोपटक कुकुर (शेल्टी) एडप्ट गरेको दिनको स्मरणमा सन् २००४ देखी हरेक अगस्ट २६ का दिन अन्तर्राष्ट्रिय कुकुर दिवस मनाउन थालिएको हो । 

नेपालमा पनि सदियाैंदेखि कुकुर मानिसको साथीका रूपमा रहँदै आएको छ । नेपालमा पछिल्लो समय कुकुरसँग सम्बन्धित व्यवसाय पनि निकै फस्टाएको छ । राणाकालीन समयमा खिचिएका तस्बिरहरूमा हामी मानवसँगसँगै कुकुर रहेको देख्न सक्छाैं । 





मुख्य तस्बिरमा, वि.सं २०३१ सालमा खिचिएकाे काठमाडौंमा आयाेजित कुकुर प्रदर्शनी प्रतियोगिताकाे पुरस्कार वितरण समारोह ।

#DogDay #InternationalDogDay

सन्दर्भ सामाग्री
विभिन्न अनलाइनहरू
एलन भान हिले
https://www.rct.uk/


 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर