सबै

  1. भानुभक्त आचार्य, नेपाली भाषा एकिकरणका नायक
  2. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  3. आहा ! पहिलेको त्यो तीज, कठै ! अहिलेको यो तीज (दुर्लभ भिडिओ सहित)
  4. छठ पर्वकाे रौनक सुरु
  5. जुलाई २२ विश्व आँप दिवस, गोरखापत्रमा श्री ३ महाराजले सैनिकलाई आँप वितरण गरेको समाचार
  6. प्रेरणादायी यथार्थ, २०२० सालमा आरनमा फलाम पिट्ने दलवीर सिंहले भेरी नदीमाथि ४३५ फुटको पुल बनाए
  7. वि.संं १९९४ सालमा श्री ३ महाराज जुद्धशमशेरले राष्ट्रको नाममा गरेको सम्बोधन
  8. पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
  9. जेठ ३० गते राजा महेन्द्रको जन्मजयन्ती, हेराैं राजा महेन्द्रका १० दुर्लभ तस्विर
  10. पशुपतिनाथ मन्दिरका पुराना ७ तस्बिर
दुखेको दाँत निको पार्ने काठमाण्डाैका दुई वास्या: द्यो

पढ्न लाग्ने समय : 2 मिनेट

नेपाल भाषामा 'वास्याः'को अर्थ दाँत र 'द्यो' को अर्थ देवता हुन्छ। दुखेको दाँत सन्चो बनाइदिने देवताको रूपमा भेडासिं बांगेमुढामा अवस्थित वास्याः द्योमा सिक्का गाड्ने प्रचलन छ। मुढामा कहिलेदेखि सिक्का गाड्न थालियो भन्नेबारे ठोस प्रमाण भने भेटिएको छैन् तथापी स्थानीयको कथन अनुसार काष्ठमण्डप निर्माण भईसकेपछि बाँकी रहेको एउटा ठूलो मुढा यसै चोकमा तेर्स्याएर राखिएको हो ! चोकमा बाङ्गो मुढा तेर्स्याएर राखिएपछि थ्यामरु चोकको परिचय बदलिएर बाङ्गेमुढा भनिन थालियो ।

सो मुढा पूरै सिक्काले ढाकिएको छ। मुढाको केही भाग मक्किसकेको छ भने यस देवस्थलमा अन्यत्रको जस्तो मूर्ति वा कलाकृति छैन। न त मन्दिरजस्तो कुनै संरचना नै छ।



‘मुढाको तल्लो भागमा जलद्रोणी थियो जसको जलाशयमा पाटीभित्रबाट पानी भरिन्थ्यो,’ बाङ्गेमुढामै जन्मेहुर्केका लेखक मल्ल के सुन्दर भन्छन्, ‘सो जलद्रोणी पूजाको लागि चाहिने चोखो पानीका लागि उपयोग हुने अनुमान गर्न सकिन्छ। तर, मर्मतसम्भार गर्दा सो जलद्रोणीलाई नै छोपर गाराे लगाइएको छ।’

काठमाण्डाैमा दुई वटा वास्याः द्यो रहेका छन् । एउटा वास्याः द्यो भेडासिं बाङ्गेमुढा र अर्को किलागलमा  । जसमध्ये बांगेमुढामा अवस्थित द्याे लाई पुरूष र किलागलमा अवस्थित द्यो लाई महिला भनिन्छ । 

दाँत दुखेका बेला सिक्कामा किला छेँडेर मुढामा ठोक्दा दुखाई सन्चाे हुने जनविश्वास रहेको काठमाडौं बाङ्गेमुढाको परम्परागत ‘वास्याः द्यो’ (दाँतको दुखाईको देउता) अचेल फाइबर प्लास्टिकको सुरक्षा घेरामा छ।

सन्दर्भ सामाग्री

विभिन्न अनलाइनहरू
सामाजीक सञ्जाल

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. ३ दशकअघि दशरथ रंगशालामा भागदाैडमा परि ९३ जना खेलप्रेमीले ज्यान गुमाए
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  9. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर