पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
अगष्ट १९, विश्व फोटोग्राफी दिवस

पढ्न लाग्ने समय : 7 मिनेट

आज फोटोग्राफी दिवस । भनिन्छ, ‘एउटा तस्बिर हजार शब्द बराबर हुन्छ ।’ सन् १८३९ अगस्ट १९ मा फ्रान्स सरकारले फोटोग्राफी विधालाई पहिलोपटक मान्यता दिएको दिनको स्मरण गर्दै हरेक वर्ष विश्व फोटोग्राफी दिवस मनाउने गरिन्छ । 

‘फोटोग्राफी’ शब्द ग्रिक भाषाबाट विकास भएको पाइन्छ । ग्रिक भाषामा ‘फोटो’ को अर्थ प्रकाश तथा ‘ग्राफी’ को अर्थ चित्र भन्ने बुझिन्छ । यसरी प्रकाशद्वारा बनाइने चित्रलाई फोटोग्राफी भनिन्छ । सन् १८३९ मा फ्रेन्च वैज्ञानिक लुइस ड्यागुुरे र इसिडोर नाइप्सीले गरेको फोटोग्राफीको उत्पादनलाई फ्रान्स सरकारले फोटोग्राफी रुपमा मान्यता दिएको थियो ।


एउटा तस्बिरले हजार शब्द बोल्न सक्दछ । कतिपय अवस्थामा शब्दले भन्न नसकेका भावहरुलाई समेत तस्बिरले सजिलै प्रस्तुत गरिदिन्छ । कंक्रीट शब्दले भन्दा जीवन्त तस्बिरले मानव मस्तिष्कमाथि बढी प्रभाव पार्छ भनि विज्ञानले पनि पुष्टि गरिसकेको छ । 

फोटोग्राफीको इतिहास
फोटोग्राफी भन्नाले कुनै वस्तुको आकृति क्यामेराको सहायताले फिल्म वा त्यस्तै मिल्दो वस्तुमा उतार्नु बुझिन्छ । पहिला–पहिला मानिसहरु कुनै व्यक्तिको तस्बिर उतार्नुपर्यो भने हातैले उसको आकृति कागज वा कपडामा उतार्थे । यसमा जुन व्यक्तिको चित्र तयार पार्नुपर्ने हो त्यो व्यक्ति कलाकारको अगाडि घन्टौंसम्म पनि एउटै मुद्रामा बसिरहनुपथ्र्यो । उक्त कार्य कठिनमात्र नभएर झर्कोलाग्दो पनि हुन्थ्यो । यसरी बनाइएको आकृतिमा लियोनार्दो द भिन्सीले बनाएको मोनालिसाको तस्बिर विश्वप्रख्यात छ । तर, जब समय बित्दै गयो, मानिसहरुले प्रकृतिमा घटेका सूक्ष्म घटनालाई पनि गहन अध्ययन गर्दै त्यसको विश्लेषण गर्न थाले । 


विश्वको पहिलो फोटो । 

एघारौं शताब्दीताका मानिसले यदि कुनै अँध्यारो कोठामा एउटा सानो छिद्रबाटमात्र प्रकाशलाई भित्र छिर्न दिइयो भने त्यो प्रकाश परेको अर्को भित्तामा बाहिरको हल्का दृश्य देखिन्छ भन्ने कुरा थाहा पाए । त्यस्तो कोठाजस्तो उपकरणलाई क्यामेरा ‘अब्सक्युरा’ भनिन्थ्यो । सन् १७२७ मा प्रख्यात वैज्ञानिक जोहान हेलरिक स्कुल्जले एउटा नौलो तथ्य पत्ता लगाए । परीक्षणमा उनले चक, चाँदी र नाइट्रिक एसिड मिसाएर राखेको सिसीको मिश्रण प्रकाशको सम्पर्कमा आउँदा कालो भएको पाए । त्यस्तै, सन् १८२६ मा अर्का वैज्ञानिक जोसेफ नाइसफोर निप्सेले एउटा कागजलाई प्रकाश संवेदनशील रसायनमा डुबाएर क्यामेरा अब्सक्युरा अर्थात् अँध्यारो बक्सभित्र राखेर उक्त उपकरणलाई झ्यालमा राखे । त्यसको परिणामस्वरुप उनले उक्त कागजमा झ्यालबाहिरको दृश्यको हल्का आकृति उत्रिएको पाए । त्यो आकृति सम्भवत विश्वकै पहिलो सुरक्षित फोटोग्राफिक आकृति थियो । त्यसपछि सन् १८८८ मा इस्टम्यानले पहिलो आधुनिक, हल्का र सजिलै बोकेर हिँड्न मिल्ने ‘कोडाक’ क्यामेरा बनाए । २०औं शताब्दीमा आएर क्यामेराको ठूलो विकास र प्राविधिक उन्नति भयो । 

२०औं शताब्दीमा रंगीन फोटोको निर्माणको लागि फोटोग्राफिक फिल्ममा रसायनहरुको विभिन्न तह राखिएका थिए । जुन छुट्टाछुट्टै रुपमा रातो हरियो र नीलो रङप्रति संवेदनशील हुन्छन् । त्यसले गर्दा सबै रङका तस्बिरहरु बन्न सक्छन् । तर, हिजोआज जतिपनि फोटोसम्बन्धी प्रविधिहरु छन्, ती सबैको सैद्धान्तिक आधार एउटै छ, त्यो हो निप्सेले बनाएको पहिलो फोटोग्राफिक आकृति ।

नेपालमा फोटोग्राफी
भनिएकै हो र देखेको पनि हो, तस्बिर हजारभन्दा बढी शब्द बोल्छन् । नेपालमा फोटोग्राफीको इतिहास हेर्दा झण्डै डेढ शताब्दीअघि डम्बरशमशेरले भित्र्याएको क्यामेरा र दरबारभित्र खिचिने मुहार रेखाचित्र (स्केच) लाई सम्झनुपर्ने हुन्छ । बालकृष्ण सम त्यसै समयका अब्बल फोटोग्राफरमा गनिन्थे । नेपाली छापामा साप्ताहिक गोरखापत्रमा १९८४ वैशाख १३ गते वीरगञ्जकी सूर्यकुमारीले चर्खामा धागो काति राखेको तस्बिर नै पहिलो हो । यद्यपी वि.संं १९८२ असार ३० को गोर्खापत्रको देश समाचार (सदर) मा ‘श्री ३ महाराजको जन्मोत्सव’ शीर्षकमा समाचारसहित चन्द्रशमशेरको फोटो प्रकाशित भएको थियो । १९८३ श्रावण १८ गते सोमबारका दिन पनि चन्द्रशमशेरको जन्मोत्सवको समाचारमा उनको फोटोको प्रयोग गरिएको थियो । 

प्रविधिको विकासले अहिले सबैलाई फोटोग्राफर बनाएको छ । यद्यपि, नेपालमा फोटोग्राफीको शुरुआत भने शौखबाटै भएको हो । नेपालमा वि.सं १९२० साल (सन् १८६३) बाट फोटोग्राफीको शुरुआत भएको इतिहास छ । तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुरको फोटो नै नेपालीको पहिलो फोटो मानिन्छ । वि.सं १९२० साल चैत्र महिनाताका (सन् १८६३ को मार्च) नेपाल आएका बेलायती नागरिक Clarence Comyn Taylor ले ६ महिना काठमाडौंमा बसेर राणा परिवारको फोटो खिचेका थिए ।


Clarence Comyn Taylor

त्यस्तै, नेपालमा पहिलोपटक क्यामेरा भित्र्याउने व्यक्ति दीर्घमान चित्रकार हुन् । उनले वि.सं १९६५ (सन् १९०८) मा राणा प्रधानमन्त्री चन्द्रशमशेरसँग बेलायत भ्रमण गएर फर्किंदा साथमा क्यामेरा ल्याएका थिए । बालकृष्ण समले नेपालमा पहिलोपटक फोटो स्टुडियो स्थापना गरेको बताइन्छ । उनको स्टुडियोमा पनि केवल दरबारियाहरूले मात्र फोटो खिचाउन पाउँथे । 


राजा सुरेन्द्र सहयोगीहरूका साथ । फोटोः Clarence Comyn Taylor

राणा परिवारमै सीमित फोटोग्राफी वि.सं. १९६६ (सन् १९०९) पछि मात्र सर्वसाधारणको पहुँचमा पुगेको हो । अहिले नेपालका सबैजसो स्थानमा फोटो स्टुडियो खुलेका छन् । साथै, मोबाइल, ट्याबमा समेत डिजिटल क्यामेरा समेतको सुविधा भएका कारणले पनि मानिसको फोटो खिच्ने–खिचाउने चाहना पूरा हुन पाएको छ ।
अहिले विश्वबजारमा देखा परेका सामान्य देखि महँगा सबै खाले क्यामेरा नेपालमा सहजै उपलब्ध हुन्छन् । यदि, उपलब्ध छैनन् भने पनि ‘अर्डर’ गरेको केही समयमै सम्बद्ध कम्पनीले उपलब्ध गराइदिन्छन् । त्यसैले, कसैले फोटोग्राफीको चाहना गर्छ भने त्यो केवल चाहनामै सीमित राख्नुपर्ने बाध्यता छैन् । 

मुख्य फोटोः वि.संं १९२०को दशकमा Clarence Comyn Taylorले खिचेको तस्बिरमा नेपाली सैनिकहरू । 

#photographyDay 

सन्दर्भ सामाग्री
विभिन्न अनलाइनहरू
https://thedailyjournalist.com/
https://wellcomecollection.org/

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर