पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
त्यो धरान, पुराना तस्बिरहरूको संगालो

पढ्न लाग्ने समय : 5 मिनेट

धरान, नेपालकै एक सुन्दर तथा विविध सांस्कृतिक विविधता भएको सहर हो । हालको आधुनिक धरान सहर रहेको स्थानमा सुरुमा घना जङ्गल रहेको र सो जङ्गल फँडानीका क्रममा काठ चिर्ने आरावालाहरुले तयार गर्ने गरेको धरान (धराप) बाट नै आजको धरान सहरको नामकरण भएको भन्ने भनाई छ ।

विजयपुरमा धेरै अघि देखि बसोबास भएको भएता पनि वि.स. १९५० तिर घना जङ्गल फँडानी गरेर समतल क्षेत्रमा सानो बस्तीबाट सुरुवात भएको धरान, वि.स. १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले चन्द्रनगर (हाल पुरानो बजार) र वि.स. १९९० तिर श्री ३ जुद्ध शमशेरले जुद्ध नगर (हालको नयाँबजार) बसालेको इतिहासमा पाइन्छ ।

वि.स. २०१० सालमा पूर्वाञ्चलको लागि ब्रिटिस गोर्खा भर्ती केन्द्र धरानमा स्थापना भए पछि मुख्य रुपमा धरानमा बसोबास तथा चहलपहल बढेको पाइन्छ । वि.स. २०१७ सालमा धरान नगरपालिका घोषित भएको धरान, वि.स. २०१८ सालमा नेपाललाई १४ अञ्चलमा विभाजन गर्दा कोशी अञ्चलको सदरमुकाम समेत घोषित भएको थियो ।

सुरुमा ११ वडाहरू मात्र रहेको धरानलाई वि.स. २०३५ सालमा पूर्वतर्फ रहेको बाँझगरा गाउँ पञ्चायत र पश्चिम तर्फ रहेको घोपा गाउँ पञ्चायतको केहि केहि क्षेत्रलाई गाभेर क्षेत्र विस्तार गरी १९ वडामा विभाजन गरिएकोमा २०७१ वैशाख २५ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार पाँचकन्या गा.वि.स.लाई पनि धरान नगरपालिकामा गाभी २३ वडा कायम गरियो । २०७१ मंसिर १६ गते नेपाल सरकार (मन्त्रीपरिषद्) को निर्णय अनुसार विष्णुपादुका गा.वि.स.लाई धरान नगरपालिकामा गाभेर २७ वडा कायम गरि धरान नगरपालिकालाई उपमहानगरपालिका घोषित गरिएको हो ।  संघीय पुनर्संरचना आयोगको निर्णयानुसार वर्तमान धरान फेरि २० वटा वडामा पुनर्संरचित भएको छ।

विविध जाति तथा जनजातिहरूको बसोबास स्थल र कला, साहित्य, संस्कृति तथा खेलकुदको क्षेत्रमा ख्याति प्राप्त धरान हाल आएर शिक्षा, स्वास्थ्य, पर्यटकीय तथा व्यापारिक पूर्वाधारयुक्त सुन्दर सहरको रूपमा विकास हुँदै पूर्वाञ्चलको मात्र नभइ नेपालकै नमुना नगरपालिका बन्न प्रयासरत छ । यहाँ प्रस्तुत गरिएका तस्बिरहरू धरान क्षेत्रका रहेका छन्, गलत जानकारी भेट्नुभएमा कृपया कमेन्ट गर्नुहोला । 

 


प्रहरी थाना भानु चोक (हाल वडा प्रहरी कार्यालय )


पुरानो गणेश टाकिज ,रत्न रोड


पुरानो अस्पताल छाता चोक ,यसलाई जुद्धनगर अस्पातल भनिन्थ्यो !


पिन्डेश्वरको पोखरी


पब्लिक उच्च माध्यमिक  विद्यालय, धरान १२


पञ्चकन्याबाट हाल अञ्चल प्रहरी कार्यालयतिरको दृश्य


धरान पुरानो बजार हटिया लाग्ने स्थान ( हाल धरान -३ सपिङ कम्प्लेक्स उत्तरको बाटो )


धरान नगर पञ्चायतको कार्यालय (हाल धरान -४ युरेका स्कुल दक्षिणको पान पसल भएको ठाउँ ) ।


धरान छाता चोक ! (पब्लिक हाई स्कुलतिरबाट सिंहदेवी तर्फ हेर्दा ) ।


धरान ५ स्थित अरुण धर्मशाला (चेतना मेडिकल भएको घर ) ।


धरान - ३ चिनिँया चोकबाट सिंहदेवीतिर हेर्दा ।


तत्कालिन बजार अड्डाको शौचालय ( हाल भनुचोक ) ।


तत्कालिन घोपा हाल धरान १७ रेलवे ।


जनता पुस्तकालय फुस्रे ।


छाता चोकबाट भानुचोक तर्फ ।


चिनिँया चोक पुरानो बजारबाट सिंहदेवी तर्फ ।


चन्द्र द्वार ( धरान प्रवेशद्वार ) तिनकुने , यो २०४५ सालको भुकम्पमा ध्वस्त भयो ।


कोलोनी धरान १३ ।


आर्मी क्याम्प फुश्रे धरान १३ ।


आजाद क्लब, धरान -३


सन्दर्भ सामाग्री


धरान नगरपालिका
विकास आचार्य

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर