पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
श्रावण ६, गायक अरूण थापा स्मृति दिवस

पढ्न लाग्ने समय : 1 मिनेट

आधुनिक नेपाली संगीत जगतमा अरूण थापाको छुट्टै पहिचान स्थापित भएको छ । उनको जादूमय स्वरले नेपाली गीत संगीतमा अनुपम टेष्टका गीतहरू जन्मे। २००९ साल माघ ११ जन्मिएका उनले ३० वर्षे गायन जीवनमा दर्जनौं गीत गाए। उनले प्रेमीहरूका आँखामा मात्र नभई करोडौं श्रोताका आँखामा आँसु ल्याए। घाउमा मल्हम लगाए। प्रेमलाई उत्सव बनाए। 

सन् १९७१ मा अरूण थापाले रेडियो नेपालमा आफ्नो पहिलो गीत रेकर्ड गराएका थिए।

सन् २००३ मा बीबीसीको एक सर्वेक्षणले उनले गाएको ऋतुहरूमा तिमी... बोलको गीतलाई विश्वकै शीर्ष १० प्रेमगीत घोषित गरेको थियो । 

भुलुभुलु लाग्यो मलाई...,आखाँको निद खोसी लाने....., साझँको जुन सँगै .... ,म रोएपनि, जस्ता कालजयी गीतहरु गाएर जाने अरुण थापा कुलत र नशाको कारणले २०५६ साल साउन ६ गते ४७ वर्षको अल्पायुमै संसारबाट बिदा भए । 

सन्दर्भ सामाग्री 
अमृत गुरूङ
विभिन्न अनलाइनहरू 

 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर