पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
नेपालको झण्डा पनि चन्द्रमा पुर्याइएको थियो

पढ्न लाग्ने समय : 2 मिनेट

चन्द्रमामा मानिसले पहिलोपटक पाइला टेकेको ५२ वर्ष पुरा भएको छ । निल आर्मस्ट्रंग सन् १९६९ को जुलाई २०-२१ मा एपोलो ११ अन्तरिक्षयान मार्फत अमेरिकी अन्तरिक्षयात्री निल आर्मस्ट्रंग, बज एल्ड्रिनले चन्द्रमामा पाइला टेकेका थिए भने उक्त दलका सदस्य माइकल कोलिन्सले चन्द्रमामा पाइला राखेनन् ।

अन्तरिक्ष यान चन्द्रमामा अवतरण गरेको ६ घण्टा ३९ मिनेटपछि निलले चन्द्रमामा पाइला टेकेका थिए । निल आर्मस्ट्रंग चन्द्रमामा पाइला टेक्ने पहिलो मानव हुन् ।



उनले चन्द्रमामा पाइला टेकेको १९ मिनेटपछि एल्ड्रिनले चन्द्रमामा पाइला टेकेका थिए । उनीहरुले सवा दुई घण्टा अन्तरिक्षयान बाहिर चन्द्रमामा बिताएका थिए । उनीहरुले साढे २१ किलो चन्द्रमाको माटो तथा ढुंगासहितका सामग्री पृथ्वीमा ल्याएका थिए ।



मानवले चन्द्रमामा पाइला टेक्दा जुलाई २१ भएको थियो, तर एपोलो ११ जुलाई २० मै चन्द्रमाको सतहमा अवतरण भएको थियो । नेपाली समय अनुसार सन् १९६९ को जुलाई २१ को बिहान ९ बजेर २१ मिनेट जाँदा नील एपोलोबाट बाहिर निस्केर चन्द्रमाको सतहमा आफ्नो पाइला राखी इतिहास बनाएका थिए । तत्कालीन सोभियत युनियनसँगको अमेरिकाको शितयुद्धका कारण सुरु भएको चन्द्र यात्राले अन्ततः विश्व इतिहास बनेर कायम रहन सफल भयो ।



एपोलो-११ मिसन तथा एपोलो-१७ मिसनमार्फत नेपालको झण्डा पनि चन्द्रमाको सतहमा पुर्याइएको थियो । जुन राजा महेन्द्र तथा वीरेन्द्रको जुनाफमा तत्कालीन अमेरिकी प्रतिनिधिले चन्द्रमाको चट्टान सहित उपहार चढाएका थिए । चन्द्रमाको सतहको चट्टान तथा चन्द्रमामा पुर्याएर फर्काइएको नेपालको झण्डा हाल राष्ट्रिय संग्राहलयमा प्रदर्शनीमा राखिएको छ ।  

सन्दर्भ सामाग्री

विभिन्न अनलाइनहरू
नेपाली फ्ल्याग फेसबुक पेज

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर