पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
डिल्लीजंग थापा नेपालका अग्रणी सिभिल इन्जिनियर

पढ्न लाग्ने समय : 1 मिनेट

कर्णेल डिल्लीजंग थापा नेपालको पहिलो सिभिल इन्जिनियर हुन् । उनले भारतको थम्पसन कलेज अफ सिभिल इन्जिनियरिङबाट उत्कृष्ट नतिजा हासिल गरेका थिए । थापाले दक्षिण एसियाकै पहिलो मानिने सुरूङ मार्ग चुरिया माई टनल सडक वि.सं. १९७५ मा डिजाइन गरेका थिए ।  नेपालमा नवीनतम भवन डिजाइन (लक्ष्मी निवास र सीता भवन) भित्र्याउने श्रेय थापामा नै जान्छ ।

सुरुङमार्गको मात्र नभई इन्जिनियर थापाले काठमाडौँ-हेटौँडा रोपवे, सप्तरीको चन्द्र नहर, वि.सं. १९९० को भूकम्पपछि भत्किएको धरहरा, शीतलनिवास, काठमाडौँ डिल्लीबजारस्थित चारखाल अड्डा, टोखा सडक लगायत संरचनाको डिजाइनदेखि निर्माणसम्मको नेतृत्व गरेका थिए ।

सिभिल इन्जिनियरिङ सेवाको ३५ वर्षे कार्यकाल (वि.सं. १९६८ देखि २००३ सम्म) मा उनले १२ वटा ठूला काम सम्पादन गर्न सफलता पाए । श्री ३ भीमशमशेरको समयमा पूरै र श्री ३ जुद्धशमशेरको कार्यकालमा पनि उनले काम गरे ।

सन्दर्भ सामाग्री
विकिपिडिया
हिमाल खबर
विभिन्न अनलाइनहरू

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर