देश दाैडाहा, सरकारी काम कारबाही र परिस्थितिको अनुगमन

पढ्न लाग्ने समय : 2 मिनेट

दौडाहा विशेष गरी राणाकालीन समय १९०३ देखि २००७ सम्म निरिक्षण तथा सुपरीवेक्षेण गर्ने प्रचलन थियो। दौडाहाको महत्त्व भनेको कुनै जिल्लाको सबै सरकारी काम कारबाही र परिस्थितिको अनुगमन र जाँच गर्नु हुन्थ्यो। यसको मुख्य उद्देश्य सुदुरका जिल्लाहरूमा मुलुकी ऐनको पालना भए नभएको जाँच गर्नु र शान्ति सुव्यवस्था कायम गर्नु हुन्थ्यो।

दौडाहाका बखत कर्मचारीहरूको कामकारबाहीको निगरानी गर्ने; ऐन, सनद, र सवाल बमोजिम काम भए नभएको रेखदेख गर्ने; मुल्यांकन गर्ने; तोकिएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई सजाय गर्ने काम हुन्थ्यो। दौडाहाका बेला स्थानीय जनताको पीर मर्का र सरकारी कर्मचारी विरुद्धका उजुरी सुन्ने काम पनि हुन्थ्यो ।

दौडाहा भ्रमणको अवधि सरदर ३ देखि ४ महिना लामो हुन्थ्यो।

दौडाहा प्रचलन नेपालमा लामो समय देखि लिच्छवि काल, मल्ल काल र प्रारम्भिक शाह कालमा प्रचलित थियो। तर राणा कालमा प्रधानमन्त्री वीर शमशेरको समयमा यस प्रथाले व्यापकता पायो।

प्रत्येक दौडाहा टोलीमा सिपाहीहरु, अधिकारी, र श्री ३ महाराज प्रधानमन्त्रीले नियुक्त गरेको टोली नेता (हाकिम) हुन्थे। हाकिमको तह अनुसार टोलीको संरचना निर्भर हिन्थ्यो। हाकिमहरु विशेषतः बेरोलवाला राणा वा सर्वसाधारण पनि हुन्थे। तर कहिलेकाही रोलवाला राणा सदस्य पनि दौडाहामा जान्थे।

राजा महेन्द्रले वि.सं. २०१० को दशकमा दौडाहा प्रचलन व्युताएका थिए। उनी स्वयं सरकारी अधिकारीहरुसँग दौडाहामा दूरदराजका गाउँ बस्तीमा पुगेका थिए । 

सन्दर्भ सामाग्री

डेनियल डब्लु, एडवार्डस , "दौडाहा (इन्सपेक्सन ) टुर सिस्टम अन्डर र राणाज" कन्ट्रीब्युसन तु नेप्लिज स्टडिज, भोलुम ३ , नं २ सन् १९७६  
जबरा, पुरुषोत्तम शमशेर (१९९०), श्री ३ हरूको तथ्य वृतान्त 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर