पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
सतीप्रथा अन्त्य भएको दिन

पढ्न लाग्ने समय : 5 मिनेट

महिला हिंसाको सबैभन्दा चरमरुप सतीप्रथा नेपालबाट औपचारिक रुपमा उल्मुलन भएको १०१ वर्ष पुरा भएको छ ।  तत्कालीन श्री चन्द्रशम्शेरले आषाढ २५, १९७७ (८ जुलाई १९२०) मा यो क्रुर अमानविय कु-प्रथाको औपचारिक रुपमा अन्त्य गरेका थिए ।

१९१० मै जंगबहादुर राणाले मुलुकी ऐन जारी गरेसँगै यो प्रथालाई केही बन्देज लगाउने प्रावधान राखे । मुलुकी ऐनमा १६ वर्षभन्दा मुनिका श्रीमती भए सती जानु नपर्ने, ९ वर्ष मुनिका छोराछोरी हुनेले पनि सती प्रथा जानु नपर्ने व्यवस्था गरिएको थियो।

यो पनि पढ्नुहोस् मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार २०३० असार २५ गते आगलागी हुँदा खरानी भयो

मुलुकी ऐनमा केही व्यवस्था थप गर्दै वीर शमशेरले १९४४ सालमा ‘सती प्रथा नियन्त्रण गर्ने १९४४ सालको इस्तिहार’ नै जारी गरे। जसमा गर्भ रहेको एक महीना मात्रै भएको अवस्थामा श्रीमान्‌को मृत्यु भएमा सती जान नदिनु, बच्चा जन्मेपछि सती जान्छु भनेमा जान नदिनु भन्ने जस्ता व्यवस्था गरिएको थियो । तर यो व्यवस्था कार्यान्वयनमा आएन। २०६८ सालको जनगणना अनुसार नेपालमा करीब ९ लाख एकल महिला छन् । 

यो पनि

आखिर सतीप्रथा साच्चै शास्त्रमा वा पुराणहरुमा वर्णित वा पुण्य मिल्छ भनेर नै शुरुवात भएको हो वा पारिवारिक सामाजिक दबाबले विधवा बनेकी महिलालाई सती जान बाध्य बनाइएको भन्ने नै मूल प्रश्न हो । सती शब्द हिन्दुहरुको आख्यानको रुपमा रहेको स्कन्द पुराण पहिलो खण्डको रुपमा रहेको केदारखण्डबाट आएको हो यस खण्डमा महादेवका कथाहरु छन् । जसमा महादेवका पहिलो पत्नी सतीदेवीको वर्णन गरिएको छ । आफ्ना पति महादेवप्रति आफ्नै पिताले गरेको दुर्वचन सहन नसकेर सतीदेवीले होमको लागी बनाइएको कुण्डमा हाम फालेर आफ्नो जीवन अर्पित गर्दछन् । र महादेव शोकले व्याकुल भएर सतीदेवीको शरिर बोकेर भौतारिन्छन् । यहि क्रममा गलेर अंग पतन हुँदा हरेक अंग पतन भएको स्थानमा पीठ स्थापना गरिएको वर्णन गरिएको छ । यहि नै सती शब्दको शुरुवात हो ।

तर सतीले पतिको निन्दा सहन नसकेर गरिएको आत्मदाहको कथालाई पतिको मृत्युपछि आत्मदाह गर्न बाध्य बनाइयो । नेपालमा कहिलेदेखि विधवा महिलालाई सती जान बाध्य बनाइयो भन्ने प्रमाण खोज्दा वि.सं. ५२१ मा पहिलो सती गएको भेटिएको भन्ने एलेक्स माइकेलको पुस्तक Hinduism: Past and Present मा उल्लेख गरिएको छ ।

सती जान इच्छुक हुने महिला भन्दा बढी सती जान बाध्य बनाइएका घटना धेरै पढ्न पाइन्छ । धर्मका नाममा तथा सतीत्वको नाममा पनि सती जान मानसिक रुपले बाध्य बनाइन्थ्यो । विधवा  विवाहका केही घटनाहरुका कारणले पनि समाजका धर्मान्धहरुले विधवालाई सती जान धार्मिक दबाब दिन थालेका थिए । सती जान नमान्नेहरुलाई करकापमा तथा जबर्जस्ती पतिको चितामा राखिन्थ्यो । उनको चिच्याहट नसुनिउन भनेर बाजा सहित सती जाने कार्यलाई उत्सव झै गराइन्थ्यो । चिताबाट भाग्न खोजे ढुंगाले हानेर वा बाँसका भाटाले हिर्काएर बेहोश बनाएर पनि चितामा जलाइन्थ्यो । यति क्रुर र अमानविय धार्मिक हत्या गरिन्थ्यो ।

सती जान बाध्य बनाइएको सबैभन्दा बढी घटना अठारौँ शताब्दीमा भेटिन्छ । साधारण परिवारमा भन्दा बढि राजपरिवारमा तथा सभ्रान्त परिवारमा देखिन्थ्यो । अन्य परिवारमा न्यून सतीका घटनाहरु भेटिने गर्दछ ।

नेपालमा सती प्रथामा बन्देजको शुरुवात जंगबहादुरले १९१० पुस २३ गते बिहीबार जारी गरेको मुलुकी ऐनमा सती जान्याको सम्बन्धी महल नै लेखेका थिए । यस अर्थले सती प्रथाको उन्मुलन चन्द्रशम्शेरले गरे तापनि शुरुवात भने जंगबहादुरले नै गरेका थिए । यस पछि वि.सं १९४४ असार २२ गते सोमबार वीरशम्शेरले सतीप्रथा उन्मुलन गर्ने १९४४ को इस्तिहारमा सती जानको लागी सरकारसंग अनुमति लिनु पर्ने अन्यथा सजायको भागीदार हुने उल्लेख गरेका थिए । यसपछि बल्ल वि.सं १९७७ सालमा चन्द्रशम्शेरले सती जान पूर्णरुपमा बन्देज नै लगाइदिए ।

सती प्रथा उन्मुलनको सय वर्ष नाघिसकेको अवस्थामा पनि अझै सती प्रथाको निशानीको रुपमा सतीद्वार तथा सती ढुङ्गाले अझै पनि सतीप्रथाको यादहरु दिलाइरहने गर्दछ ।

जंगबहादुरले मुलुकी ऐनमा सतीजान्याको महल नै राखेको भए तापनि उनको १९३३ फागुन १६ गते आइतवार पत्थरघट्टामा जंगबहादुरको निधन भएपछि फागुन १९ गते बुधबार उनको अन्त्येष्टि गरिँदा उनको साथमा उनका तीनजना रानीहरु पुतली महारानी, मैयाँ महारानी र मिश्री महारानी सती गएका थिए । फ्रान्सेली पुस्तकमा राखिएको जङ्गबहादुरको दाहसंस्कारमा उनका रानीहरु सती गएको यो चित्रले दुःखद परिस्थिति देखाउँदछ । 


 

सन्दर्भ सामाग्री
हिमाल खबर
सुनिल उलक
विकिपिडिया
सामाजिक सञ्जाल

 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर