असार १५, राष्ट्रिय धान दिवस

पढ्न लाग्ने समय : 3 मिनेट

नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । धान दिवसको अवसरमा कास्कीमा विशेष रोपाई महोत्सव गर्ने गरिएको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत, कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान पुर्याएको छ । कृषि विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धानबाली लगाइन्छ ।

 


स्वयंम्भू स्तुप नजिकै रोपाइमा व्यस्त किसानहरू, वि.संं २०३० ।


काठमाण्डाैमा धान रोप्दै रोपारहरू, वि.सं. २०१९ ।


थानकोट आसपास (नागढुङ्गा क्षेत्र !) धान रोप्न व्यस्त किसानहरू, वि.संं २०१८ ।


वि.संं २०३० । लमजुङ जिल्लाको छिटी र तार्कुघाट क्षेत्रमा खेतको बीचबाट गन्तव्यतर्फ लाग्दै गरेकी महिला ।


वि.संं २०२४ । बनेपा नजिकैको फाँटमा धान रोप्न व्यस्त रोपारहरू ।


वि.सं. २०२५ । भक्तपुरको थिमी स्थित धान खेत ।


वि.सं. २०२३ । गुल्मी जिल्लाको मझुवा गाउँमा धान रोप्दै किसानहरू ।


वि.सं. २०२३ । काठमाण्डाै कुनै एक क्षेत्रमा पर्ने धान खेत । 


वि.संं २०३२ । पोखरा नजिकैको फाँटमा रोपाइँ गरिँदै ।


वि.संं २०२५ । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चाैतारा नजिकैको फाँटमा भर्खरै रोपिएको धान ।


वि.संं २०२५ । भोजुपर जिल्लाको याकु गाउँमा रोपाइँमा व्यस्त किसानहरू ।


वि.सं. २०२५ । लमजुङ जिल्लाको कुनै फाँट । 


वि.संं २०२७ । सिराहाको बर्छवा क्षेत्रमा धान रोप्न खेत जोतिँदै ।


 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. ३ दशकअघि दशरथ रंगशालामा भागदाैडमा परि ९३ जना खेलप्रेमीले ज्यान गुमाए
  4. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  5. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  6. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  7. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर
  10. जङ्गबहादुर राणाको तलब कति थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।