पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
भिसी तुलबहादुर पुनको नाममा बेलायतमा रेल वे सेवा

पढ्न लाग्ने समय : 2 मिनेट

दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस (भिसी) प्राप्त गरेका गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा सन्चालन हुने भएको छ ।

बेलायतको प्याडिङटन रेलवे स्टेशनमा बुधबार बिहान (२३ जुन)मा एक समारोह बीच औपचारिक रुपमा सुरुवात गरिएको रेलवे सन्चालक ग्रेट वेस्टर्न रेलवेले बताएको छ । सो समारोह पुनले भिसी पाएको ७५ वर्ष पुगेको अवसरमा अघिल्लो साल नै गर्ने योजना बनाइएको भए पनि कोरोना महामारीका कारण रोकिएको थियो ।

सो नामकरण समारोहमा ख्यातिप्राप्त अभिनेत्री जोअना लुम्ले साथै भिसी पुनका परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो । भिसी पुन दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस पाउँदा २१ वर्षका मात्र थिए ।

सन् १९४०मा बेलायती सेनामा भर्ती भएका पुनले दोस्रो विश्वयुद्धमा बर्माको लडाइँमा अद्वितीय युद्धकला प्रदर्शन गरेवापत बेलायतको सर्वोच्च सैन्य पदक भिक्टोरिया क्रस पाएका थिए। यिनको २०६८ बैशाख ७ गते मृत्यु भएको थियो । उनी मुटुको समस्याबाट पीडित थिए। बेलायतस्थित चिज्विक वार मेमोरियल होममा बस्दै आएका पुन ६७ चैत्र महिना नेपाल फर्केका थिए। उनका श्रीमती दुई छोरा र आठ छोरी छन्। 

स्वास्थ्योपचारका लागि बेलायत जान भिसा आवेदन गर्दा भिसा अस्वीकृत भएपछि चर्चामा आएका पुनलाई गोरखा भूपू सैनिक सङ्घ (गेसो), हलिउडकी अभिनेत्री जोना लुम्ले र बेलायती जनताले विशेष पहल गरेका थिए। अभिनेत्री लुम्लेले उनलाई पिता मान्थिन्। उनी गोरखाहरूको न्यायिक आन्दोलनमा पनि सक्रिय थिए।

बेलायतको प्रतिष्ठित गोरखा सैनिकहरुले हालसम्म १३ वटा भिक्टोरिया क्रस पाएका छन् ।

यो पनि पढ्नुहोस् पानीले भरिएको गाग्री बोकेर बेलायत यात्रा

सन्दर्भ सामाग्री
विभिन्न अनलाइनहरू

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर