पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
पाँंचतल्ले मन्दिरको जन्मोत्सव, पाँचतल्ले मन्दिर स्थापना भएको ३ सय १८ वर्ष पुरा

पढ्न लाग्ने समय : 2 मिनेट

असार शुक्लपक्ष प्रतिपदाका दिन भक्तपुरको टाैमरीमा अवस्थित विश्व सम्पदा पाँचतल्ले मन्दिर (ङातापोल्हँ) स्थापनाको वर्षको वर्षबन्धन (बुसादाँ) मनाउने गरिन्छ । प्रत्येक वर्ष  यसदिन (असार शुक्लपक्ष प्रतिपदा) मा ङातापोल्हँको विशेष पुजा गरी मन्दिरको गजुरमा झण्डातोलन गर्ने चलन छ । तुछिमला टोलका अवालहरुद्धारा मन्दिरको गजुरमा झण्डा फहराउने गरिन्छ ।



भक्तपुरमा थर अनुसार पेशा गरिन्छ। अवाल थर भएकाहरुको पुर्ख्याैली पेशा घर बनाउने हो। त्यसकारण अवाल थर भएकाहरु घर बनाउन पारंगत हुन्छन्। यसकारण उनीहरुलाई नै प्रत्येक वर्ष पाँच तल्ले मन्दिरमा झण्डोतलन गराइन्छ। प्रत्येक वर्ष पानी पर्ने असार महिनामै अग्लो पाँंचतल्ले मन्दिरको छानामा चिप्लोबाट जोगिएर होसियारीपूर्वक जानुपर्ने भएकाले अवालहरुलाई यो काममा लगाइने बताइन्छ। झण्डोतलनको यो कार्यमा भक्तपुर तलेजुका रकमी पुजारीहरु पनि सहभागी हुन्छन्। वर्षबन्धनका अवसरमा हरेक वर्ष यस मन्दिरमा बोका तथा हाँसको बली दिने गरिन्छ । 



नेपाल सम्वत् ८२२ मा राजा भूपतिन्द्र मल्लले सिद्ध अग्नी कोट्याहुती होम सुसम्पन्न गरी श्री सिद्धिलक्ष्मी देवीलाई पाँंचतल्ले मन्दिरमा प्रतिस्थापना गरी झण्डा फहराइएको इतिहास छ। त्यही बेलादेखि नै प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा झण्डोतलन गर्ने गर्दै आएको बताइन्छ। 

यो पनि पढ्नुहोस् सोह्रखुट्टे पाटीको कथा

करिब ३० मिटर उचाइ भएको यस अनुपम सम्पदाको ने.संं ८२२ मा निर्माण आरम्भ गरिएको थियो । यो मन्दिर जम्मा ६ महिनामा निर्माण गरिएको मानिन्छ भने कतै ७ महिना त कतै १७ महिना पनि लेखिएको पाइन्छ । यस मन्दिरको निर्माणका लागि छालिङ, जितपुर, बागेश्वरी, साँखु, झौखेल, चाँगु, गोकर्ण, पनौती, बुङ्गमति आदि ठाउँका बासिन्दाहरुले पनि सहयोग गरेको उल्लेख गरिएको बताइन्छ । उपत्यकाका राज्यहरुसँग राम्रो सम्बन्ध नरहेको अवस्थामा राजा भुपतिन्द्र मल्लले आफ्नो शक्ति प्रदर्शनको लागि छिटो भन्दा छिटो यस मन्दिरको निर्माण गरि भक्तपुरका सबै जनता तथा छिमेकी राज्यका राजाहरुलाई समेत भोजमा निमन्त्रणा गरिएको थियो भन्ने गरिन्छ । यस भोजमा लगभग २३ हजार जना मानिसहरुको उपस्थिति थियो जुन भक्तपुरका बासिन्दा भन्दा ४ दोब्बर हुन्थ्यो भनिन्छ ।


 

सन्दर्भ सामाग्री

विभिन्न अनलाइनहरू

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर