पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
असार ७, जंगबहादुरको जन्मजयन्ती

पढ्न लाग्ने समय : 13 मिनेट

जंगबहादुर राणा वा जङ्ग बहादुर कुँवर राणाजी नेपालका प्रधानमन्त्री तथा प्रथम श्री ३ महाराज थिए। कोतपर्वको नरसंहार पश्चात शक्तिशाली भएका जङ्गबहादुर राणा भण्डारखाल पर्व पश्चात राजसंस्था भन्दा शक्तिशाली भए। यिनको पालमा अङ्ग्रेजसंगको लडाईंमा गुमेको मध्ये यिनले अङ्ग्रेजलाई खुसी पारी राप्तीदेखि महाकाली सम्मको तराई हालको बाँके, बर्दीया, कैलाली तथा कञ्चनपुर पुन नेपालमा फर्काइएको थियो जुनलाई नयाँ मुलुकको नामले समेत चिनिन्छ ।

बालनरसिंह कुँवरका छोराका रूपमा जंगबहादुरको जन्म वि.सं. १८७४ असार ७ गते अर्घाखाँचीको बलकोटमा भएको थियो। काजीका छोरा भएकाले उनको बाल्यकाल सुखसयलमा नै बित्यो । उनको परिवार प्रधानमन्त्री भीमसेन थापाको सम्बन्धि पर्थ्यो । नेपाल दरबारमा भीमसेन थापाको पतन भए संगै बालनरसिंहको जागिर खोसियो र परिवारको बिचल्ली भयो । सुरूका दिनमा लफङ्गा, जुवाडे जंगबहादुर आफूभित्रको अदम्य साहस, वीरता र चातुर्यका कारण नेपालको इतिहासमा एक सफल खलनायकका रूपमा छन्। नेपालमा राणा शासनको स्थापना गरी १०४ वर्षे पारिवरिक शासनशैलीको सुत्रपात उनीबाटै भयो। बेलायतीहरूका कट्टर भक्त जंगबहादुरले आफ्ना कट्टर विरोधीहरूलाई एकएक गरी मारेर एकतन्त्री शासन चलाए। उनी बेलायत र फ्रान्सबाट फर्केपछि नेपाली कला, संस्कृति, जनजीवन र कानुनमा समेत पश्चिमी प्रभाव परेको थियो।

युवराज सुरेन्द्रको अंगरक्षक
युवराज सुरेन्द्र सन्की स्वभावका थिए । त्यही भएर उनको अङरक्षक रहदा उनले साहसिक र खतरनाक आदेश हरु पालना गर्नु पर्यो । उनले त्रिसुलि नदिमा घोडा सहित कुद्ने, धरहराबाट हाम फाल्ने, बाह्र बर्षे इनारमा हामफाल्ने जस्ता आदेश मान्नु परेको थियो ।

मामाको हत्या
मामा माथवरसिंह थापा गोली हानी मार्ने जंगबहादुर कुँवरले नेपाल दरबारबाट निम्न प्रकारका शिक्षा पाए –
नेपालको राजदरबारमा पालिएकाहरूको विश्वास नगर्नु ।
दरबारमा बोलाएका बेलामा विचारै नगरी जान नहुने ।
राती एक्लै, असुरक्षित अवस्थामा दरबार प्रवेश नगर्नु ।
राजनीतिमा नातागोता र समूह भन्दा मान, पद, षडयन्त्र र हत्या ठूला हुनु । गुप्तचर कडा र सशक्त बनाइराख्नु पर्ने ।
आफ्नो उन्नती हुन्छ भने अनैतिक र कायरभन्दा कायर काम गर्न पनि पछि नपर्नु । आदि
आफ्नो दाइ माथवर सिंहको हत्या गरेपछी जंगकी आमाले उनीसँग नबोल्ने प्रतिज्ञा गरेकी थिइन्।

गगनसिंह संगको सम्बन्ध
गगन सिं दरबारका एक प्रभावशाली पात्र थिए । रानी राज्य लक्ष्मीले उनलाइ धेरै माया अनि विश्वास गर्थिन । दरबारमा रानी र गगन सिंको प्रेम थियो भन्ने गाइगुइ हल्ला पनि थियो । रानी र गगन सिंविचको हेलमेल राजा राजेन्द्र अनि युवराज सुरेन्द्रलाइ मन परेको थिएन तथापी राजा राजेन्द्र राजकाजमा खास मतलब नराख्ने खालका पनि थिए । सुरेन्द्र र जंग बहादुर विच निकै राम्रो अनि गहिरो सम्बन्ध थियो । गगन सिं यसर्थले पनि जंगबहादुरसँग राम्रो सम्बन्ध नराखेको आकलन गर्न सकिन्छ । औपन्यासिक आधारमा भने यसबारे उपन्यासकार डाइमन सम्शेरले गगन सिं को हत्या राजा राजेन्द्र सुरेन्द्रको सल्लाहा बमोजिम जंगबहादुरले नै गगन सिंको हत्या गरेको उल्लेख गरेका छन । यसबाट रानी लगभग पागल जस्तै भएकी थिइन । निजको हत्यारा पत्ता लगाउन गरेको सभामै कोत पर्व हुन गयो र अन्तत गगन सिं जंगबहादु उदयको समेत कारक तत्व बन्न पुगे । यी कुराहरुको अध्ययन गर्दा जंग बहादुर र गगन सिं विच प्रतिसपर्धीको संबन्ध रहेको आकलन गर्न सकिन्छ ।

कोत पर्व
वि.सं. १९०३ भदौ ३१ गते राति महारानी राज्यलक्ष्मी देवीको प्रिय पात्र तथा मन्त्रिपरिषद्का सदस्य गगन सिंह भण्डारीको रहस्यमय ढंगले गरिएको हत्यारा पत्ता लगाउन महारानीको आदेशले वि.सं. १९०३ असोज २ गते शनिबार राति सबै भारदारहरूलाई कोतको परिसरमा जम्मा हुने आदेश अनुसार कोतमा भेला भए । गगनसिंहको हत्यारा पत्ता लगाउने सिलसिलामा एक अर्कामा भनाभन हुँदा जङ्गबहादुर राणा का मानिस युद्धवीर (राममेहर) अधिकारीद्वारा सर्वप्रथम अभिमान सिँह राना मगर मारिएपछि स्थिति चर्किदै हात हालाहाल तथा गोली हानाहान हुँदा अभिमानका साथसाथै त्यतिखेर नेपालका प्रधानमन्त्री फत्तेजङ्ग शाह , दलभञ्जन पाँडे लगायतका ४० जनाको हत्या भएको कोतको परिसरमा रगतको खोला बग्यो ।कोतभित्र तनावको वातावरण पैदा भएकै अवस्थामा राजा कोतबाट बाहिर निस्केका थिए । यस्तो विभत्स र दु:खलाग्दो स्थितिको फाइदा उठाएर जङ्गबहादुर प्रधानमन्त्री बने। यस पर्व सँगै जङ्गबहादुरले सत्ता आफ्नो हातमा लिएर प्रधानमन्त्री बने ।

भण्डारखाल पर्व
कोत पर्व पछि प्रधानमन्त्री र कम्यान्डर इन्चिफ बनाइएका जंगबहादुरलाई रानी लक्ष्मीदेवीले सुरेन्द्रको हत्या गर्न र आफ्नो छोरा रणेन्द्रलाई गद्दीको हकदार बनाउन दबाब दिइन् । तर जंगबहादुरले अब उप्रात रानी यस कार्यमा थप दबाब दिएमा राम्रो नहुने चेतावनी दिए । उनको यस्तो कुराले रानी रिसले चुर भइन् । उनले भण्डारखालको बगैचामा भोजको आयोजना गर्ने र सो भोजमा जंगबहादुर र उनका सबै भाइहरुको हत्या योजना बनाइन् । तर सो कुराको पोल पण्डित विजयराजले जंगबहादुरलाई खोले र सो षड्यन्त्रमा सामेल बिरध्वज बस्नेत लगायत लाई हत्या तथा कैद गरियो । रानीको सम्पूर्ण अधिकार खोसी देशनिकाला गरियो ।

राणाजी उपाधि
वि सं १९०५ वैशाख सुदि १३ ( ५ मे १८४८) श्री ५ महाराजधिराज सुरेन्द्रबाट प्राइममिनिस्टर याण्ड कमाण्डर इन्चिफ जङ्गबहादुर कुँवरलाई र उनका सबै भाइवंशजहरूलाई भारतको चितौरगढबाट राजपूत राणाजीका सन्तानहरू पहाड पसि कास्की पुगेका र निदानमा गोरखाबाट मुलुकको सेवा गरेको कुरा मान्यता गरि `राणाजी´ भन्न पाउने गराएबाट तब उप्रान्त जङ्गबहादुर राणाजी भएका थिए ।

युरोप भ्रमण
ठूलो दलबलका साथ १९०६ साल माघमा नेपालबाट हिंडेको राजप्रतिनिधिमण्डलले पटनाको पहिलो स्वागतमै १९ तोपको सलामी पायो । कलकत्ताबाट पनि त्यस्तै सम्मान सत्कार सलामी लिंदै १९०७ साल जेठमा जंगबहादुर बेलायत पुगे । भेट मुलाकात गर्ने काम त छँदै थियो, विशेष चाहिं त्यहाँको शासन व्यवस्था, सैनिक संरचना, शस्त्रागार आदि हेर्नेमा उनको रुचि थियो । विश्व हल्लाउने फ्रान्समा पनि उसको शक्ति परख गर्नेमा उनको रुचि थियो । त्यसरी दुई ठूला राष्ट्र भ्रमण, निरीक्षण गरेपछि जंगबहादुरले मनमा निश्चय गरे कि अब ब्रिटिशसँग लड्ने होइन, मेलमिलापबाट काम लिनुपर्छ । अंग्रेजसँग जुध्ने होइन, निहुरिने पनि होइन, मेलमिलापकै नीति लिनुपर्ने रहेछ, मावली भीमसेन थापाले लडेर गल्ती गरे, मैले पनि त्यस्तै गर्दा झन् गल्ती हुन्छ भन्ने सोच उनले बनाए ।

मुलुकी ऐन १९१०
मुलुकी ऐन नेपालको सबैभन्दा पहिलो लिखित कानुन हो। मुलुकी ऐन नेपालको संहिताबद्द राष्ट्रिय कानुन हो। पहिलो पटक बिक्रम सम्बत १९१० मा मुलुकी ऐन जारि गारिएको थियो। जंगबहादुर राणाले बेलायात यात्राबाट फर्के लगत्तै यो ऐन बनाएका थिए ।

नेपाल तिब्बत युद्ध / थापाथली सन्धि
चतुर जंगबहादुरले भोट जित्न सके सुगौली सन्धिले पारेको चोटमा मलमपट्टी लगाउन र राजा–प्रजालाई प्रशन्न पार्न सकिने देखेका थिए। किनीक दोस्रो नेपाल तिब्बत चिन युद्ध पछि भएको बेत्रावती सन्धी अपमान पूर्ण र नेपालका लागि अहितकारी थियो जंग बाहदुर नेपालीको राष्ट्रिय गौरब फर्काउन चाहन्थे । चिनियाँ र ब्रिटेनमा राख्ने कार्यमा सफल भइसकेपछी जंग बहादुरले १४००० नयाँ सेना भर्ती गरे । सो युद्ध थापाथली सन्धी पछि सकियो र तिब्बतले नेपाललाई बर्सेनि रु १०,००० तिर्न बाध्य बनाए ।

श्री ३ महाराज लालमोहोर
श्री ५ सुरेन्द्रबाट वि.सं. १९१३ श्रावण २२ गतेका दिन (कतै बि.सं १९१३ साउन २४ गते उल्लेख गरिएको छ ) सार्वजनिक रूपमा उनलाई कास्की र लमजुङको महाराज घोषित गरियो र त्यहाँको उपाधि र सम्पत्तिको भोग चलन उनकै परिवारमा हस्तान्तरण हुँदै जाने पनि घोषणा गरियो । त्यसबाहेक उनलाई सार्वभौम चरित्रका अन्य अधिकार र सहुलियत पनि प्रदान गरियो जसअनुसार यी दुई जिल्ला बाहेक उनले पश्चिममा काली र पूर्वमा मेचीसम्म राज्य सञ्चालनको सम्पूर्ण अधिकार प्रयोग गर्न सक्नेछन् । ती अधिकार निम्न बमोजिम थिए:—

जीवन र मृत्युको अधिकार
सरकारका सबै अङ्गका कर्मचारी नियुक्त गर्ने र सेवाबाट बर्खास्त गर्ने
अङ्ग्रेज, तिब्बती र चिनियाँ सरकार लगायत कुनै पनि विदेशी शक्ति राष्ट्रसँग सन्धीपत्रमा हस्ताक्षर गर्ने, युद्धको घोषणा गर्ने र शान्ति सम्झौता गर्ने
दोषीमाथि दण्ड सजाय तोक्ने
नयाँ कानुन बनाउने र पुरानो कानुन खारेज गर्ने (देवानी, फौजदारी र सैनिक अधिकार)
उपरोक्त अधिकार क्रमैले जङ्गबहादुरका शेषपछि उनका भाइहरू र त्यसपछि उनका छोराहरूमा हस्तान्तरण हुँदै जाने पनि घोषणापत्रमा लेखियो । र, राजाबाट पनि राज्य सञ्चालनका क्रममा आन्तरिक वा बाह्य कुनै प्रकारको जोरजुलुम र गल्ती वा अपराध गरे उनीमाथि पनि निग्रह गर्ने अधिकार पनि जङ्गबहादुरलाई दिइयो । त्यसपछि जङ्गबहादुर रोमका तानासाह, (रोमन सुल्ला इसा पूर्व ८२– ७९—अनुवादक जस्तै एकप्रकारको अनन्त तथा चिरस्थायी तानाशाह बनाइए ।

सन्तान
उनका १३ छोराहरू र २० छोरीहरू थिए;

भीम प्रताप जङ्ग राणा
जगतजङ्ग राणा
जीतजङ्ग राणा
पद्म जङ्ग राणा
बबर जङ्ग राणा
रणवीर जङ्ग राणा
त्यस्तै जेठी छोरी बदन कुमारीको विवाह कर्णेल गजराज सिंह थापासँग भएको थियो । ३ छोरीहरूको विवाह युवराज त्रैलोक्य विक्रम शाहसँग भएको थियो । केहीको बझाङी राजा विक्रम बहादुर सिंह र युवराज धीरेन्द्र र नरेन्द्रसँग भएको थियो ।

नेपालको शैक्षिक विकासमा जंगबहादुर
राणाकालपूर्वका शाही शासनमा त शिक्षाको प्रादुर्भाव नै भएको थिएन भने सिङ्गो राणाकाल पनि शैक्षिक दृष्टिले निकै नै उपेक्षित अवधि रहृयो। उता राणाको १०४ वर्ष एउटा यस्तो अवधि थियो जुनकालमा छिमेकी वि्रटिश-भारतले आफ्नो शैक्षिक र औद्योगिक क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्‍यो। दुर्भाग्य यसै अवधिमा हाम्रो देश भने ज्यादै कुण्ठित एवं उपेक्षित शैक्षिक जीवन लिई टाक्सिन विवश बन्यो। त्यसैले विदेशीहरूले निष्कर्ष निकाले-नेपालमा शिक्षा ठीक त्यत्तिकै अप्राप्य छ जति आयरल्याण्डमा सर्प।’

राणाकालको १०४ वर्ष नै यस्तो रहृयो जब कुनै न कुनै रूपमा नेपालले उच्च शिक्षा मात्र होइन पाश्चात्य शिक्षाको पनि जग हाल्न सक्यो। सुखद प्रसङ्ग त के भने निरङ्कुश एवं आततायी राणा शासनका संस्थापक एवं प्रथम राणा प्रधानमन्त्री र कास्की तथा लमजुङका श्री ३ महाराज जंगबहादुर कुँवर राणाजी नै यस्ता थिए जसले नेपालमा पाश्चात्य शिक्षाको जग बसाले। ई.१८५० मा एसियाकै पहिलो प्रधानमन्त्रीका रूपमा विट्रेनको भ्रमणमा पुगेका जंगबहादुरले वि्रटिश साम्राज्यले गर्न सकेको विश्व विजय र प्रगतिको पछाडि उसको शैक्षिक जागरण नै कारक रहेको हृदयङ्गम गरी आˆना छोराहरूमा पनि त्यस्तो शिक्षा दिन सकियोस् भन्ने हेतुले नै नेपालमा पाश्चात्य शिक्षाको जग बसालेका थिए
प्रारम्भमा जंगबहादुरकै गोल बैठकमा यो पाश्चात्य शिक्षाको श्री गणेश भएको कारण पछिबाट नेपालको पाश्चात्य ढर्राको माध्यमिक शिक्षण संस्थाको प्रथम नाम नै ‘दरबार हाइस्कूल’ पर्न गयो। तीनताका राणा प्रधानमन्त्री जंगबहादुरको निवास थापाथलीमा थियो र ‘थापाथली दरबार’ कहिन्थ्यो। सोही दरबारमा रहेको उनको भव्य गोलबैठकमा अङ्ग्रेजी शिक्षक मास्टर क्यानिंगले उनका छोराहरूलाई पाश्चात्य शिक्षा दिन थालेपछि विधिवत नेपालमा अङ्ग्रेजी शिक्षाको जग बस्यो। यो वि.सं. १९९१ सालको कुरा थियो। शुरुका जंगबहादुरका छोराहरूले मात्र पढ्ने यस गोलबैठक शिक्षामा क्रमशः उनका भाइ, भतिजाहरू पनि संलग्न हुन थाले। त्यसैगरी क्रमशः दरबारिया भाइ भारदारका छोराहरूले पनि यसमा पढ्ने छुट पाउँदै गए। अन्ततः द्वितीय राणा प्रधानमन्त्री रणोद्विपसिंह का पालामा वि.सं. १९४८ मा उक्त गोल बैठकमा हुने पाश्चात्य पढाइ कार्यका लागि रानी पोखरीको पश्चिमतर्फ एक पृथक भवन बनाई उक्त पठनपाठन कार्य त्यही स्थानान्तरण गरेपछि नै नेपालमा औपचारिक ढङ्गले माध्यमिक स्तरको पाश्चात्य शिक्षाको प्रादुर्भाव हुन सकेको हो। जो हालसम्म भानु माध्यमिक विद्यालयतर्फ दरबार हाइस्कूलका रूपमा जीर्ण र मरणासन्न अवस्थामा नेपालको राजधानी काठमाडौंको मुटु रानी पोखरीमा यथास्थान आफ्नो अन्तिम सास फेर्दैछ।

मृत्यु
वि.सं. १९३३ मा पत्थरघट्टामा यिनको मृत्यु भयो। उनी संग उनका तीन रानी सति गए ।

सन्दर्भ सामाग्री
विभिन्न अनलाइनहरू
wikiwand

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर